नेपाल–चीन सीमानजिक ५.९ म्याग्निच्युडको भूकम्प

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ। सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौँ उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *