अरु पार्टी भन्दा फरक एजेण्डा लिएर हामी चुनावी अभियानमा छौं : तेजकुमार कुरुम्बाङ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
तेजकुमार कुरुम्बाङ सहमहामन्त्री, राप्रपा नेपाल

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालले कसरी सहभागी भइरहेको छ ?
हामीले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकमा सबै उम्मेदवार उठाएको छौँ । प्रत्यक्षमा ४५ जिल्लामा हाम्रो उम्मेदवार उठेका छन् ।
तपाईहरु निर्वाचनमा कसरी परिचालित हुनु भएको छ ?
निर्वाचन आयोगको आचारसंहित अनुसार राप्रपा नेपालका उम्मेदवारहरुले आफ्नो लागि मत माग्न घरदैलो कार्यक्रमहरु सुरु गरि सकेका छन् । हाम्रो पार्टी घोषणा भएको ७–८ महिनाको रफ्तारमा हामी जनतामाझ आफ्ना फरक विचार र फरक एजेण्डालिएर, अरु पार्टी भन्दा फरक पहिचान लिदै चुनावी अभियानमा छौँ ।
अरु पार्टी भन्दा राप्रपा नेपालको फरक एजेण्डा चाहीँ के के हुन् ?
हाम्रो देशका अन्य पार्टीहरु प्राय सधै २०६३ को १२ बुधे सम्झौताले वाधिएका छन् । एउटै विचार, एउटै एजेण्डा तर चुनाव चिन्ह मात्र फरक लिएर अभियानमा छन् तर राप्रपा नेपाल लोकतान्त्रिक हिन्दु राष्ट्र अथवा सर्वधर्मसमभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउने अभियानमा छ र अन्य पार्टीहरु विदेशी इशारामा र संकेतमा परिचालित हुन भने अथवा आत्मसमर्पनवादी पार्टीहरु विरुध्द स्वाभिमानका साथ राप्रपा नेपाल यो देशलाई अन्य देशको हस्तक्षेपको घोर आपत्ति गर्दछ ।
राप्रपा नेपालले लोकतन्त्रको एजेण्डा पुरै छाडेको हो ?
राजतन्त्र र राजसंस्था भन्ने विषय आकासपातालको विषयको अर्थ लाग्छ । हामीले अथवा हाम्रा अध्यक्ष कमल थापाले राजतन्त्र भनेर कहिल्यै पनि बोल्नु भएको र एजेण्डा बनाउनु भएको थिएन । अध्यक्ष कमल थापाको मिसन यो देशको राजनितिक पार्टीहरु भन्दा माथि उठेको अथवा सवै पार्टीहरुले मान्य संवैधानिक राजसस्ंथाको वहस गर्नु भएको थियो । तर, राजसंस्थाको अंशीयारहरुलाई तुरुन्त राजतन्त्र आवश्यक खोजेको कारण यो दलीय व्यवस्थामा राजतन्त्रको संभावना कोरा सपना मात्र हुने भएकोले राजसंथालाई पनि रापूपा नेपाल अहिले पाार्टीको मुल एजेण्डाबाट हटाइ सकेको छ ।
राप्रपा नेपालले एमालेसंग तालमेल गरिरहेको छ छैन?
राप्रपा नेपालका अध्यक्ष कमल थापाको जिल्ला कमवानपुरबाहेक अन्य जिल्लाहरुमा लिखित रुपमा एमालेसंग राप्रपा नेपालको तालमेल भएको छैन ।
अध्यक्ष कमल थापाले नै सूर्य चिन्हबाट उठेपछि अन्य जिल्लाका उम्मेदवारलाई अप्ठ्यारो पर्दैन? चुनाव चिन्ह भनेको मतदाताले प्रष्टसंग चिन्न र पहिचान गर्न सक्ने चिन्ह आवश्यक आवश्यक भएको कारण र मकवानपुरका एमालेका नेता–कार्यकर्ताको माग अनुसार हाम्रा अध्यक्ष कमल थापाले एमालेको ‘सूर्य चिन्ह’ प्रयोग गर्ने अवसर पाउनु भएको छ । यसमा प्रतिपक्षी पार्र्टीहरुले जति विरोध गरेपनि हाम्रो राप्रपा नेपालका तमाम प्रत्यक्ष तथा समानुपातिकमा उठेका उम्मेदवारहरुले अध्यक्षले पाएको सूर्य चिन्हमा कुनै अप्ठ्यारो भएको छैन र अप्ठ्यारो मान्नुपर्ने कारण पनि छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *