राम्रा नेपाली फिल्महरुलाई हामीले बढि प्राथमिकता दिइरहेका छौ :धुर्व रत्न मानन्धर

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
धुर्व रत्न मानन्धर अध्यक्ष , डिएम सिनेमा हल , सतुङ्गगल

यतिवेला सिनेमा हलहरुको अवस्था कस्तो छ ?
यतिवेला सिनेमा हलहरुको अवस्था नाजुक छ , यसको प्रमुख कारण आर्थिक मन्दि हो । नेपाली सिनेमाहरु जुन रुपमा प्रस्तुत हुनुपथ्यो , त्यस्तो भइरहेको पाइदैन । पहिले नेपाली सिनेमा जगत मजवुत पार्नु पर्छ । सिनेमा बनाउने संगै हामी हलहरु पनि बलियो हुने छौ ।

हलहरुप्रतिको सरकारी दृष्टिकोणलाई कसरी लिनु भएको छ , कस्तो नीति ल्याउनु पर्छ ?
हलहरुप्रति सरकारी दृष्टिकोण सकरात्मक छ तर हिजो आज सरकारले हलबाट लिने करहरुमा दोहोरो मापदण्ड छ । सरकारले मनोरञ्जन कर लिइरहेकै छ । त्यस माथि विधुत् प्राधिकरणले अनिवार्य विधुत् महशुल अलवा थप , मनोरञ्जन कर लगाइरहेको छ । यसरी हेर्दा एउटा उधोगमा देहोरो कर लगाएको देखियो । त्यसैले सरकारले यसमा पूनरविचार गर्नु पर्छ । एकातिर दलहरु सञ्चालन गर्न गाहे हुँदै छ त्यसमाथि करमाथि कर थप्नु भएन । सके सम्म त सरकारले नेपाल सिने क्षेत्रलाई फस्टाउन कर नै लगाउनु हुने थिएन । त्यहि करै लगााउनु छ भने दोहोरो कर लिनु भएन ।

कस्तो चलचित्र हलहरुमा चल्छन् ?
नेपाली फिल्मको कुुरा गर्दा सामाजिक व्याङ्ग्यात्मक फिल्महरु सिनेमा हलहरुमा बढी चल्छन् । हिन्दी फिल्मको कुरा गर्दा एक्सन फिल्महरु बढी चल्छन् ।

नेपाली हलहरुले हिन्दी फिल्महरुलाई प्रार्थमिकता दिइरहेको भनिन्छ नि ?
गुणस्तरीय (राम्रा) नेपाली फिल्महरुलाई हामीले बढी प्रार्थमिकता दिइरहेका छौ । त्यसैले दर्शकले हेर्दा सम्म नेपाली फिल्मलाई हटाउदैनौ , प्रदर्शनमा निरन्तरता दिइरहन्छौ । हाम्रो पहिलो रोजाई नेपाली फिल्म हो । नेपाली राम्रा फिल्म नपाउदा हिन्दी फिल्म चलाउनु हाम्रो बाध्यता नै हो ।

नेपाली फिल्म हिन्दी फिल्मको दाँजोमा किन चलिरहेका छैनन् नि ?
नेपालमा स्तरीय फिल्म कम बन्छन् । त्यस माथि हिन्दी फिल्मको दाजोमा नेपाली फिल्म को कम प्रचार हुन्छ । सामाजिक सञ्जाल भित्र रहेर प्रचार गरिरहेका फिल्म चल्छन् । नेपालमा फिल्म कम बन्ने , बनेका फिल्महरुको प्रचार प्रसार समेत गर्न नसक्ने अवस्था छ । त्यसैले दर्शकले जुन चलचित्र मनपराउछन , हामी त्यही चलचित्र प्रदर्शन गरिरहेका छौं ।

नेपाली फिल्मका निर्माताहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
नेपाली कल्चर राजनीतिको विषयवस्तु बनाइएको फिल्म चल्छ । राम्रो फिल्म चलिरहेका छन् । त्यसैले निर्माताहरुले यस्तै फिल्म बनाई दिनु होला । नेपाली फिल्म राम्रै चलिरहेका छन् तर आर्थिक मन्दिले सोचे जस्तो हाम्रा फिल्महरु सफल भइरहेका छैनन् ।

राम्रो नायक – नायिका भए मात्र फिल्म चल्छ भनिन्छ नि ?
चलेको नयाँ युवा प्रतिभाले खेलेका फिल्महरु चल्ने सम्भावना बढी छ । नायक नायिकाले मात्र फिल्म चल्ने होइन , कथावस्तु पनि राम्रा हुनुपर्छ ।

समग्रमा भन्दा हलहरु नाफामा छन् कि छैनन् ?
कोभिडपछि सबै हल घाटामै छन् । कोभिड २ वर्ष हलहरु निम्नतम मात्र चले । नयाँ फिल्म रिलिज भएनन् । अहिले पनि आर्थिक पनि आर्थिक मन्दि भएकाले हलहरुको अवस्था चिन्ताजनक नै छ ।

अन्तमा हलहरुको तर्फबाट दर्शकहरुलाई सन्देश दिनुस् न ?
अहिलेसम्म राम्रा नेपाली फिल्महरुलाई दर्शकहरुले मनपराइ दिनु भएकोमा र हलहरुसम्म आइपुग्नु भएकोले धन्यवाद दिन चाहन्छु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *