भूटानी शरणार्थी प्रकरणलाई यहाँले कसरी लिनु भएको छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण यो व्यवस्थाले नेपालीहरुको राष्ट्रियता र नागरिकता खोसेको कारणले निम्ताएको समस्या हो । नक्कली शरणार्थी बन्नुको मुल कारण जनचाहना विपरित लादिएको गणतान्त्रिक व्यवस्था हो । र गणतन्त्रका मतियारहरुले पैसा कमाउनको लागि आफु नाङ्गिएर देश र नागरिक बेचेको उपज हो । यो नेपाल र नेपालीका लागि दुर्भाग्य कुरा हो । हाम्रो विर पूर्खाले गुनदु्रक ढिडो खाएर बचाएको राष्ट्रियता व्यवस्थाले नेपाललाई भुटान बनाउने सुरसार ग¥यो ।
राष्ट्रपतिद्वारा केही दिन अघि जारी भएको नागरिकता विधेयकबारे के भन्नु हुन्छ ?
राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणिकरण पूर्ण रुपमा आपत्तिजनक छ । जनताको छोरो राष्ट्रपति हुनु पर्छ भनेर ल्याइएको व्यवस्थाले राष्ट्रपतिलाई गैरजिम्मेवार वनाएको देखिन्छ । यो अवस्थामा हामीलाई देश र जनताको माया गर्ने, जनभावना बुझ्ने राजसंस्था चाहिएको छ । राष्ट्रपतीय व्यवस्थामा नागरिकको रक्षा गर्न नसक्ने नेपालीको एकताको प्रतिक हुन नसक्ने र दलहरुको डमरुमात्रै राष्ट्रपतिले बजाउने प्रवित्ति हिजो थियो, आज छ । हिजो राजाको डरले यस्तै विवादास्पद विधेयक आउने नै थिएनन् । अहिले विदेशी प्रभुलाई खुशी बनाउन र कालान्तरमा नेपालीहरुको अस्तित्व समाप्त पार्दै सिक्किमीकरण गर्न ल्याइएको विधेयकको हामी शशक्त प्रतिकार गर्छाै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई कसरी हेर्नु हुन्छ ?
प्रधानमन्त्रीको भारत भ्रमणका व्रmममा देखिएको दृश्यले करोडौं नेपाली जनताको शिर निहुराएको छ । राजाहुँदा नेपाललाई उच्च सम्मान दिने भारतले गणतान्त्रिक व्यवस्थाका जिम्मेदारहरुलाई त्यस्तो कुनै किसिमको सम्मान दिन उचित ठानेको देखिएन । कुटनीतिक मर्यादाक्रममा संसार हसाउने गाईजात्रा देख्दा नेपालीहरु मर्माहत बन्न पुगेका छन् । यो विदेशी मुलुकलाई व्यवस्था खेलौना वनाइएको भ्रमण क्रममा देखियो । भ्रमणमा कुनै नयाँ सहमति सम्झौता भएको देखिएन । सिमा समस्याबारे भ्रमणमा कुरा नहुनुले यो भ्रमण असफल भएको पुष्टी हुन्छ ।
देशमा व्याप्त भ्रष्टाचारबारे तपाई के भन्नुहुन्छ ?
देशमा अहिले विकराल रुपमा भ्रष्टाचार भइरहेको छ । यो अहिले शासन सत्ता चलाउने नेताहरु पैसा कमाउने लागेको, जनादेशको घोर अपमान गरेको पुष्टी हुन्छ । के राजसंस्थाको समयमा यस्तो हुन्थ्यो । अब जुनसुकै तहका भ्रष्टाचार गर्ने अपराधीलाई घर घरमा गएर कारवाहीको दायरामा ल्याउनु पर्छ । यहि अहिलेको जनआवाज पनि हो ।
देशमा व्याप्त महँगीबारे तपाई के भन्नु हुन्छ ?
देशमा वहाल यो व्यवस्थामा म नै नायक हुँ भन्नेहरुले व्यापक रुपमा गरेको भ्रष्टाचार, अनियमितताका कारण देश आर्थिक संकट र महँगी बढेको हो । जनादेश पाएका नेपालका पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, वहालवाला सचिवजस्ता चुर्लुम्म भ्रष्टाचारमा डुबेका छन् । यो एउटा मात्र प्रकरण हो । यस्ता धेरै प्रकरण देशमा भए । नेताहरु भ्रष्टाचाररमा डुबेका कारण देशमा चरम आर्थिक संकट उत्पन्न भएको हो । आफु भ्रष्टाचार नियन्त्रण नगर्ने अनि गरिब जनतामाथि कर थोपर्ने प्रवृत्ति देखिएको छ । आलुदेखि डोकामा समेत कर लगाइएको छ ।
के यहि हो लोकतन्त्र, के यहि हो वहुदलीय व्यवस्था । त्यसो त गुन्द्रुकसम्म विदेशबाट आयात गर्नु पर्ने अवस्थाले नेपालमा भ्रष्टाचार बढेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताबारे तपाई के भन्नुहुन्छ ?
राजा ज्ञानेन्द्रले जनताको चाहना अनुसार २४० वर्षको राजसंस्थाको श्रीपेज जनतालाई बुझाइबक्सेको हो । ज्ञानेन्द्र सरकारमा कुनै सत्ता र धनको लोभ देखिदैन । राजा जनताको कार्यक्रम निक्सने वित्तिकै गणतन्त्रका मतियारहरु राजा सक्रिय भए भनेर कराउन थालेका छन् । राजाको चाहना भनेको जनता खुसी हुनु प¥यो । देश शान्त हुनु प¥यो भन्ने रहेको छ । तर गणतन्त्रका नाममा देश सोमालिया जस्तो अवस्था पुग्न आँटेको छ । त्यसकारण राजसंस्था राजा ज्ञानेन्द्रका लागि नभई नेपाल र नेपालीका लागि हो । राजाले अब अति भएपछि, जनताले गुहारेपछि देश बचाउन जनताबीच राजाको कदमहरु अघि बढेको छ । यो गणतान्त्रिक व्यवसायबाट देश वचाउन जनता सक्रिय भएर विभिन्न कार्यक्रममा राजालाई बोलाउन थालिसकेका छन् । अब जनताले नै छिटो भन्दा छिटो हाम्रो राजसंस्था हाम्रो नेपाल भन्दै राजसंस्था पूनस्थापित गर्छन् भन्ने हामीले विश्वास लिएका छौं ।
अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
सम्पूर्ण नेपाली जनतालाई म के आव्हान गर्न चाहन्छु भने तपाईहरु जुनसुकै पार्टीमा भए पनि व्यक्तिगत स्वार्थ त्यागेर, पार्टीको झण्डा छोडेर राष्ट्रिय झण्डा बोकेर यो देशको माटोको टिका लगाएर हाम्रो देश बनाउने संकल्प गर्दै राजसंस्था फर्काउन सक्रिय भएर लाग्नुहोस् ।