माया गरे तिमिलाई गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । यो झरीमा तिमीसँगै, ढुंगा मुढा, आमा, हे सानु, पूर्णिमाको रात, ‘कान्छी को, माया गर्ने मान्छे, मै राम्री, खुकुरीको दाप, नबोलेनी हासी राख लगायत सयौं गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक आदित्य बुढाथोकीले आफ्नै शब्द, संगीत, स्वरमा ‘माया गरे तिमिलाई’ आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन् । मायाप्रेममा हुने मिलन र बिछोडलाई दर्शाउन खोजिएको भिडियोमा राज टाइगर, स्मारिका ढकाल, दिवश नाथले अभिनय गरेका छन् । पदम सुवेदीको सम्पादन, मुकेश हुमगाईंको छायांकन रहेको भिडियो सदिक्षा फिल्मस्को युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । आफ्ना अघिल्ला भिडियोहरुले झै ‘माया गरे तिमिलाई’ले पनि सफलता पाउने कुरामा निर्देशक आदित्य बुढाथोकी विश्वस्त छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *