विश्वका हिन्दुहरुको नेतृत्व नेपालले लिनुपर्छ : धर्मनन्द श्रेष्ठ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
धर्मनन्द श्रेष्ठ, सभापति नेपाली कांग्रेस, काठमाण्डौ क्षेत्र नं १० (ख)

देशको वर्तमान अवस्थालाई कसरी लिनुभएको छ ?
देशको हालको अवस्था सम्म आउनको लागि धेरै संघर्ष भए । तर व्यवस्था परिवर्तन सँगै देश विकास र आर्थिक उन्नतीमा जनचाहाना अनुसार काम भएन । जनचाहाना अनुसार सुशासन, विकास र समृध्दिको अनुभुति गर्न सकेको अवस्था नदेखिदा जनमानसमा राजनीतिप्रति रुचि नभएको देखिन्छ ।

युवाहरुलाई कसरी रोजगारी दिलाउन सकिन्छ ?
वर्तमान सरकारले संसदमार्फत जनआकांक्षा अनुसारको विभिन्न ऐन नियम बनाउन जरुरी छ । ऐनकानुन बनाएर युवा तथा महिलाहरुलाई उत्साहित पार्न रोजगारीको सृजना गर्नुपर्छ । यसका लागि उत्पादनमा जोड दिनु पर्छ । दैनिक हजारौ युवा–युवती रोजगारीका लागि विदेशिनु पर्ने वाध्यता सृजना भएको छ । नेपालमै उद्योग व्यवसाय गर्ने वातावरण बनाउन ऐन–नियम बनाउनु पर्ने र वित्तिय पहुच आम नागरिकसम्म पू¥याउनु पर्नेछ । र बैंक, सहकारी र लघुवित्त मार्फत उत्पादनमा जोडी ऋणको अवस्थालाई सहजिकरण सरलीकरण गर्नुपर्ने अवस्था देखिएको छ । र वित्तिय संस्थालाई रकमको खरिद विक्रिको केन्द्रको रुपमा विकास भइरहेको अवस्थाले ऋण लिएर उद्योग व्यवसाय गर्नुभन्दा विदेशिने चाहाना युवाहरुमा बढेको देखिन्छ । त्यसैले कृषिलाई विकसित र आधुनिकिकरण गरी बैंकको व्याज अधिकतम, ५ प्रतिशत कायम गरी लाखौ युवाहरुलाई स्वदेशमै कृषि उत्पादनका जोड दिनु पर्ने देखिन्छ ।

वर्तमान सरकारको कामकारवाहीलाई कसरी लिनुभएको छ ?
नेपाल सरकारको कामकारवाही जनपक्षीय र जनताले महसुस हुने किसिमको देखिदैन । विकास निर्माण, शिक्षा, स्वास्थ्यको , क्षेत्रमा र रोजगारी सृजना गर्ने र समायानुकुल योजना निर्माणमा चुकेको देखिन्छ । र देशलाई आवश्यक पर्ने ऐन कानुन, राजनीतिक खिचातानी र दाउपेचले गर्दा बन्न नसक्दा आम जनतामा निरासा र राजनीति प्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।

देशव्यापी रुपमा व्याप्त भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
देशमा भएको कमिसन र भ्रष्टाचारको जालोका कारण देश एउटा गरिब राष्ट्रको परिचय बन्न पुगेको छ । राष्ट्रिय योजनाहरु समयमै सम्पन्न हुन नसकेको, जनताहरुले सुशासन महसुस हुन नसकेको अवस्था छ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारको प्रमुख भूमिका रहनु पर्छ । र विभिन्न किसिमका अख्तियार, सम्पत्ति सुदृढिकरण आयोग जस्ता निकायहरु अधिकार सम्पन्न गराई क्षमता वृध्दि गर्नु पर्छ । र २०४६ साल पछिको जनप्रतिनिधि देखि उच्च तहका कर्मचारी , नेता लगायतको निष्पक्ष रुपमा सम्पत्ति छानविन गरी स्रोत नखुलेको सम्पत्ति जफत गरी कारवाही गर्नुपर्छ ।

नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्दैन ?
नेपाली कांग्रेसले एकल रुपमा चुनावमा जानुपर्ने अवस्था थियो र कम्युनिष्टहरु एकै रहेको अवस्थामा स्थानीय चुनाव, प्रदेश र संघीय चुनावमा कांग्रेस कमजोर देखियो । यो प्राविधिक कारण थियो । कम्यूनिष्ट फुटेपछि लोकतन्त्र । जनजिविकाका लागि हामी माओवादीलगायतका लोकतान्त्रिक शक्तिहरुसँग समन्वय गरी संविधान र व्यवस्थालाई जिवन्त राख्नलाई नेपाली कांग्रेसले गठबन्धन गर्नु स्वभाविकै हो ।

कांगे्रसलाई एकल रुपमा बहुमत दिलाउन तपाईहरु के के गर्दै हुनुहुन्छ ?
नेपाली कांग्रेसलाई २०८४ सालमा हुने चुनावहरुमा एकल बहुमत दिलाउनका लागि आम युवाहरुलाई रोजगरी सृजन गर्ने विश्वासिलो र भरपर्दो योजनासहित जनतामा जानुपर्ने देखिन्छ । र सुशासन कायम गर्न आवश्यक ऐन–कानून निर्माण गर्ने ग्यारेन्टी गर्नुपर्ने र विकास र जनताको समृध्दिको चाहाना पूरा गर्न स्पष्ट भिजन अघि सारेमा कांग्रेस एक्लैको स्पष्ट बहुमत आउने छ ।

नेपाल हिन्दु राज्य नै हुनु पर्ने होइन ?
नेपाल एउटा सनातन धर्मको उत्पति भएको र अंँकार परिवार ८० प्रतिशत भन्दा बढी देश हो । हामीले हिन्दु धर्मलाई हामीले गौरवको रुपमा लिनुपर्छ । कुनैपनि राज्य धर्मबाट बिमुख हुनु हुँदैन, धर्म संस्कृति, संस्कारले नै मानव जिवनमा शान्ति, बौद्धिकता प्रदान गर्ने हुनाले राज्यले पनि धर्म संस्कृति संसारको जगेर्ना, संरक्षण गर्ने जिम्मेवारी लिनुपर्छ । हरेक नागरिकलाई आ–आफ्नो धर्ममा आवद्ध हुने अधिकार सुनिश्चित हुनुपर्दछ । र विभिन्न देशहरुले क्रिस्चियन, मुस्लिम लगायत धर्महरु अँगाल्ने गरेका छन् । त्यो उनीहरुको कुरा हो । तर, विश्वको हिन्दुहरुको नेतृत्व नेपालले लिनु पर्छ । अपनत्व ग्रहण गरी हिन्दु राष्ट्र नेपालको पहिचान र गौरव मानी हिन्दुराष्ट्र कायम गर्नुपर्छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?
नेपाली कांग्रेस ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरी संविधान समेत निर्माण गरी पटक पटक चुनावसमेत सम्पन्न गरेको देशको प्रमुख शक्ति हो । र आम नेपालीको विकास, समृध्दि र सुशासनको चाहाना नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने हुँदा नेपाली कांग्रेसमा आवद्द भई देश विकासको अभियानमा लाग्न म समस्त देशवासीमा हार्दिक आव्हान गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *