अब देशमा परिवर्तनका लागि ठुलो आँधीवेरीको आन्दोलनको आवश्यकता छ : दीपक के.सी.

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
दीपक के.सी. पूर्व केन्द्रीय संयोजक, राप्रविसं तथा युवा नेता, राप्रपा

दीपक के.सी. राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा केन्द्रिय अभिलेख मुल्याङ्कन तथा प्रकाशन विभागको सदस्य हुनुहुन्छ । २०४७ सालदेखि राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको स्थापना कालदेखिसव्रिmय स दस्य र राप्रविसंको काठमाण्डौं जिल्ला सचिव हुनुहुन्थ्यो । लगतै उहाँँ राप्रविसंको केन्द्रीय सदस्य हुनुभयो । राप्रविसंकै केन्द्रीय प्रवक्ता, केन्द्रीय उपाध्यक्ष हुँदै सो संगठनको केन्द्रीय संयोजक समेत हुनु भयो । स्वतन्त्र वक्ता, निडर र मिलनसार स्वभावका के.सी. राजनीतिक आरोह अवरोहको व्रmममा राप्रविसं आरआर क्याम्पसको अध्यक्ष हुनुभयो । राजनीतिक व्रmममा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै केन्द्रीय उपाध्यक्ष हुनु भयो । त्यसपछि उहाँ राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघको केन्द्रीय महासचिव हुनुभयो । उहाँ जमिनदेखि माथि उठेको राप्रपाका युवा नेता हुनुहुन्छ । उहाँ राजनीतिको क्रममा राप्रपा काठमाडौं जिल्लाको सचिव हुँदै राप्रपाको केन्द्रीय सदस्य हुनु भयो । काठमाडौं सांखुमा २०२६ सालमा पिता कर्णबहादुर केसी र माता डल्ली केसीको कोखबाट उहाँ जन्मनु भएको हो । आफ्नो विचार स्थापित गर्ने आफै सव्रिmय हुनुपर्छ भन्ने दृष्टिकोण राख्नु हुने राप्रपाका युवा नेता दीपक के.सीसँग मुलुकको समसामयिक विषयमा गरिएको कुराकानी ।

मुलुकको बर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुकको वर्तमान अवस्था खासै सन्तोष जनक छैन । यो राजनीतिक अस्थीरताका कारण देशमा वेरोजगार बढ्दै युवाहरु विदेश पलायन भइरहेका छन भने भ्रष्टाचार तीव्र गतीमा मौलाउदै गएकाले गर्दा देश चिन्ताजनक अवस्थामा रहेको मैले महसुस गरिरहेको छु । यसको जिम्मेवारी प्रमुख राजनीतिक दलहरुले नै लिनु पर्छ । यहि अवस्थामा रह्यो भने श्रीलंका, वंगलादेशको अवस्थामा नेपाल नहोला भन्न सकिने अवस्था छैन ।

देशव्यापी रुपमा फैलिरहेको भ्रष्टाचारलाई कसरी नियाल्नु भएको छ ?
देश व्यापी रुपमा फैलिरहेको भ्रष्टाचारलाई विश्लेषण गर्ने हो भने २०४६ पछि र २०६२/६३ पछि त झन भ्रष्टाचार संस्थागत रुपमा मौलाउदै गएको कुरा विगतको भुटानी शरणार्थी काण्ड, वालुवाटार काण्ड, एनसेल काण्ड, एयरपोर्टको सुन काण्डले नै स्पष्ट हुन्छ । भ्रष्टाचारको संरक्षकको रुपमा ठुला दल, नेपाली काग्रेस, नेकपा एमाले, माओवादीले नै मलजल गरेको कुरा स्पष्ट रुपमा जनताले बुझिसकेका हुन् । यो कुरा जनताले मनन् गरिसकेका छन् ।

अख्तियारलगायत निकायकै कम सव्रिmयताले भ्रष्टाचार बढेको होला, होइन ?
पक्कै हो, किनकि राजनीतिक दलको सदस्य प्राप्त गरेका व्यक्तिलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्त, आयुक्त मनोनित गर्ने प्रथाले ठुला दलहरुले बसालेका कारणले गर्दा नै भ्रष्टाचार छानविनमा फितलोपन देखिएको हो ।

यस वर्षको नयाँ बजेट यहाँले कस्तो रुपमा लिनु भएको छ ?
यस वर्षको बजेट नेता केन्द्रित मात्र देखिन्छ । भुगोल पहिचान गरी जनताको आवश्यकतालाई महसुस गरी बजेट निर्माण गर्न बानी बसालेका छैनन् । नेता तथा पार्टीमा पनि व्यक्ति केन्द्रित गरी बजेट निर्माण गरेको पाइन्छ । राष्ट्रियतालाई मनन् गरी आजसम्म बजेट निर्माण भएको देखिन्न । त्यसैले बजेट निर्माण भनेको जनताको आँखामा छारो हाल्नु शिवाय केही भएको छैन ।

देशव्यापी रुपमा फैलिरहेको महंगीबारे के भन्नु हुन्छ ?
महँगीको विषयमा कुरा गर्दा मुद्राको अपचलन, भ्रष्टाचार देशले धान्नै नसक्नी गरी मौलाएका कारण महंगी अकाशिएको हो । यसलाई अनुगमन तथा नियन्त्रण गर्ने सरकारी निकाय कमजोर अवस्थामा छ । वर्षमा एक दुई पटक अनुगमन जस्तो गर्दै व्यापारीहरुसँगै साँठगाँठ गरी भ्रष्टाचार गर्न छुट गरिरहेको देखिन्छ । त्यहि कारणले भ्रष्टाचार दिनप्रतिदिन बढ्दो छ । साधारण मान्छेको जनजिविका चलाउन धौ धौं छ । हुने खानेलाई मात्र सहज होला, मध्यम तथा न्यून वर्गको आवश्यकता पूर्ति गर्न पनि धौं धौं छ ।

राप्रपा यतिवेला के गरिरहेको छ ?
राप्रपा यतिवेला संगठन विस्तारको लागि वडा तहदेखि जिल्ला तहसम्म हुदै गाउँ केन्द्रित भर्ई आफ्नो संगठन विस्तारका लागि लागिरहेको छ । साथै जनतालाई विभिन्न समसामयिक विषयमा सजग गराउदै राष्ट्रियताको सवालमा एक भएर अगाडी बढ्न आव्हान गर्दैछ । र, राप्रपाले लिएको राजनीतिक मुद्धाको विषयमा जनतालाई सजग गराउदै संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दु राज्यसहित संघीयता खारेज तथा युवाहरुलाई स्वदेशमै रोजगारको लागि गाउँ–गाउँदेखि सडक र सदनमा समेत आवाज वुलन्द गर्दै आएको छ ।

राजसंस्था र हिन्दु राज्य पूनरबहाली गर्न कसरी अघि बढ्नु भएको छ ?
राजसंस्था भनेको कुनै व्यक्ति केन्द्रित होइन । पृथ्वीनारायण शाहको वंशजको आधारमा समेत जोडिन्छ । यसमा दलगत राजसंस्था हुँदैन । ‘राजा सबका साझा हुन ञत्यसैले हाम्रो मुख्य मुद्धा नै संवैधानिक राजसंस्था हो । जुन राजसंस्था अभिभावकीय रुपमा स्थापित हुनुपर्छ । जस्तै वेलायत, जापानको राजसंस्थालाई उदाहरणको रुपमा लिन सकिन्छ । त्यसैले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु र राष्ट्रियतालाई शिरमा राखेर राजनीति गर्ने पार्टीहरुलाई पनि राजसंस्था स्थापनाको लागि एक भएर अगाडी आउन हामी आग्रह गछौं । साथै अहिले यहि श्रावण महिना जुनसुकै देव देवालय, शिवालयमा हिन्दु धर्मावलम्बीहरुको अत्यन्त भीड देख्न सकिन्छ । त्यसैले हामी सनातनी स्वधर्ममा विश्वास गर्ने सम्पूर्ण अँकार परिवार भित्रका नागरिकहरुलाई एक भई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गराउन मन वचन र कर्मले सहयोगको लागि आव्हान गर्दछु । अहिले श्रावण महिनाका भक्तहरु एक भएभने एकै दिनमा यो सरकारले नेपाललाई सनातन सापेक्ष हिन्दु राज्य स्थापना गर्न वाध्य हुनेछ । र, हुन्छ पनि । यसमा म विश्वस्त छु ।

के नेपालमा अब राजसंस्था पुनस्थापना होला ?
पक्कै पनि केही समय लग्ला तर राजसंस्था पुनस्थापना भएर छाड्छ ।

नेपालमा किन विकास भइरहेको छैन ?
नेपालमा विकास नहुनको मुख्य कारण नै मुख्य पार्टी, मुख्य नेताहरुको भ्रष्टाचारमुखी चरित्र नै हो । त्यसैले नेतृत्व नसुध्रेसम्म विकासको संभावना छैन । यहि भएर हामीले भनेका छौं ‘देशको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तनको आवश्यकता छ । जबसम्म व्यवस्था परिवर्तन हुन सक्दैन तबसम्म अवस्था परिवर्तन हुन सक्दैन ।’ तर सम्पूर्ण जनता एक भएर अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्नै पर्छ । अनिमात्र देशमा स्थायित्व र विकासको संभावना हुन्छ ।

देशको लागि कस्तो नेतृत्व आवश्यक छ ?
देशको लागि यस्तो खालको नेतृत्व आवश्यक हुन्छ, जो लोभी–पापी हुदैन । साथै जो परिवारवादबाट टाढा रहन्छ, नेतामुखी कार्यकर्ताबाट टाढा रहन्छ । यस्ता नेताको नेतृत्व देशमा आवश्यकता छ ।

प्रमुख दलको गतिविधीलाई कसरी हेर्नु भएको छ ?
यतिबेला देशमा ‘कालेकाले मिलेर खाउँ भाले’ भन्ने नेपाली उखान नै चरितार्थ भएको देखिन्छ । प्रमुख दलहरु सिद्धान्तविहिन भएकाले आफु मात्र खानको लागि गठबन्धनका नाममा काग्रेस, एमाले, माओवादीले गठबन्धन गर्दै, जनतालाई झुक्याइरहेका छन् । साथै त्यसमा पनि नयाँ दल भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उहिड्याङको मुला जस्तो भएको देखिन्छ । त्यसैले जनता वाक्क दिक्क छन । अब देशमा परिवर्तनका लागि ठुलो आँधीवेरीको आन्दोलनको आवश्यकता छ । यो निकट भविस्यमा छिट्टै हुन्छ । त्यसैले प्रमुख दललाई होसियार रहन पनि प्रमुख आव्हान गर्दछु ।

काठमाडौं क्षेत्र २ मा रास्वपा सांसद सोभिता गौतमलाई त्यस क्षेत्रका युवाहरुले दुव्र्यवहार गरे भन्ने कुरा सदनमा राखेकी छिन, वास्तविकता के हो ?
मैले बुझेको स्पष्ट कुरा भन्ने हो भने सांसदलाई आफ्ना क्षेत्रका युवाहरुले आफ्नै क्षेत्रमा गइरहेको बेला विकास निर्माण सम्बन्धी कुरा राख्न पाउने कि नपाउने ? यदि पाउने हो भने युवाहरुले यो क्षेत्रमा तपाईले आजसम्म के के गर्नु भयो भनेर सोध्नु, साथै रोजगारी कतिलाई दिनुभयो भनेर सोध्नु के गलत हो ? प्रश्न सोधेकै आधारमा युवाहरु माथि गाँजा, रक्सि खाएर मात्तिएर म महिला माथि दुव्र्यवहार भयो भन्नु राम्रो कुरा हो ? उहाँ त सांसद हुनुहुन्छ । यदि सार्वजनिक स्थानमा त्यसरी लागु पदार्थ सेवन गरेर बसेको भेट्याएको भए तुरुन्त स्थलगत कारवाही गराउने क्षमता उनीसँग थियो । तर, किन कारवाही भएन ? होइन भने एउटा समाजको अग्र पङ्तिमा रहेको युवा नेतृ भएर राप्रपा तथा अन्य विचार राख्ने युवालाई झुठा, वनावटी कुरालाई लिएर सदनमा प्रस्तुत हुनुभएको छ । त्यो नै सांसदको अभिभावकीय भूमिका होइन जस्तो लाग्छ । किन कि आफ्नो क्षेत्रको विकास निर्माणमा युवाले चासो राखेर जुन प्रश्न सांसदमाथि गरिरहेका छन्, त्यति प्रश्नलाई लिएर अपरिपक्क तरिकाले युवालाई दुतसाहित हुने खालका शब्द प्रयोग भएको छ । त्यो तुरुन्त फिर्ता लिनुपर्छ, पर्ने छ । यदि युवाहरुबाट कमि कमजोरी भएको भए सम्झाउनु बुझाउनु उनको दायित्व हुने थियो । एउटा वटुवा जस्तै गरेर सांसदले बोल्नु भएको भिडियो सार्वजनिक भएको छ । त्यसले तमाम युवाको शिर निहिराउने काम भएको छ । आगामी दिनमा यस्ता खाले गतिविधि सांसदज्यूले बन्द गर्नु पर्ने हुन्छ । र त्यस क्षेत्रमा विकास निर्माणको शिलशिलामा हो । भने सम्बन्धित स्थानीय तहका नेतृत्व तथा सुरक्षाकर्मीसँग समन्वय गरी जानु पर्नेमा जसरी उहाँ जानु भयो, त्यो उहाँको कमजोरी हो । यसलाई नै सांसदज्यूको वचपना भन्न मिल्छ । यस क्षेत्रका तमाम युवाहरुलाई अपमानित हुने शब्दहरुलाई माननीय सोभिता गौतमले तुरुन्त फिर्ता लिनु पर्छ ।

तपाई राप्रपा काठमाडौं जिल्लाको सभापतिको उम्मेदवार बन्ने हल्ला सुनिन्छ, खास कुरा के हो ?
यस विषयमा खास कुरा मेरो केही त छैन तर पनि समयको माग तथा काठमाडौंवासी राप्रपाका नेता कार्यकर्ताले आवश्यक महसुस गरे भने म यस जिल्लाको राप्रपाको नेतृत्वमा रहन सक्ने छु ।

वर्तमान अध्यक्षले तपाईलाई छोड्नु होला त ?
वर्तमान अध्यक्षज्यूले काठमाडौं जिल्लाको नेतृत्व गरेको झण्डै दुई दशक भन्दा पनि बढी भइसक्यो । उहाँ मेरो आदरणीय दाई नै हुनुहुन्छ । र उहाँ मेरो वुवासँगै राजनीति गर्दै आउनु भएको हो । वर्तमान अध्यक्ष कुशल राजनीतिज्ञ पनि हो । उहाँ अब जिल्ला तहमा मात्र सिमित हुने होइन । राप्रपाको केन्द्रीय राजनीति गर्नु पर्छ भन्ने मेरो मान्यता हो । उहाँ नवराज सिंखडालाई अब पनि जिल्लामै रहनुस भन्ने हो भने पार्टी र पार्टीका कार्यकर्ताले उहाँको अबमुल्यन गरेको हुनेछ । त्यसैले उहाँलाई हामी काठमाडौंका नेता तथा कार्यकर्ताले केन्द्रमा स्थापित गराउन लाग्नु पर्छ । त्यसैले अबको जिल्ला अधिवेशनमा मेरो उम्मेदवारी पनि सर्वसम्मत हुन सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *