पहिलो नृत्व विज्ञ भैरब बहादुर थापा सम्मानित

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालका पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई शनिवार एक कार्यक्रमका बीच विशेष सम्मान गरिएको छ । सांस्कृति कला विकास समुह नेपालद्वारा आयोजित विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा प्रम्ुख अतिथि प्रतिनिधिसभाका उपसभापति इन्दिरा रानाले थापालाई विशेष सम्मान अर्पण गर्नुभयो । यसैगरी कार्यक्रमामा समाजसेवी ल्हाक्पा तमाङ, बरिष्ठ संगीतकार सम्राट थापा ,बरिष्ठ समाजसेवी जीबन थापा , सामाजसेवी रिमा राई , बरिष्ट ब्यूटिसियन मन्जु खत्री, बिद्या श्रेष्ठ, लिना सुबेदी , बिमला कोईराला, गायिका ज्योती ढुङगाना, हाईजेनिक वल्ड अर्गनाईजेशनका अध्यक्ष( प्रेमबहादुर कार्की र नेपाली पहिलो महिला नौमती बाजा समूह लगायत उत्कृष्ट सम्मान २०८१ नायिका बबिता नेयोङहाङ र लोकेन सॅावा लाई प्रदान गरिएको थियो । संस्थाका कोषाध्यक्ष रञ्जुु राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम सांस्कृतिक कला विकास समुहका अध्यक्ष दिल बहादुर कटुवालले कार्यक्रमको संयोजन गरेका थिए ।

हाईजेनिक वल्ड अर्गनाईजेशनका अध्यक्ष प्रेमबहादुर कार्की उपसभापति इन्दिरा रानासँग सम्मान ग्रहण गर्दै
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *