स्व.सुशील कोइरालालाई नेपाल रत्न विभूषण

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – सरकारले पूर्वप्रधानमन्त्री स्व‍.सुशील कोइरालालाई नेपाल रत्न(नेपालको सर्वोच्च मानपदवी)बाट विभूषित गर्ने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री कोइरालालाई मरणाेपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी हुन् । कोइरालालाई संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।

यस्तै, राष्ट्रपति भण्डारीले दिवसका अवसरमा राजनीतिज्ञ स्व. जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ । मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *