राप्रपा नेपालले खोजेको राजसंस्था तिन करोड नेपालीको मनमा रहने हो: तेजकुमार कुरुम्बाङ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
तेजकुमार कुरुम्बाङ सहमहामन्त्री, राप्रपा नेपाल

मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु हुन्छ ?
अहिले देशको अवस्था अराजकताले तीव्र रुप लिएको र राज्य भ्रष्टाचारमा डुबेको अवस्था छ । धार्मिक आतंक र साम्प्रदायिक सद्भावमाथि प्रहार हुन थालेको देखिन्छ । धरानमा दिउँसै गाई काटेको खबर सार्वजनिक भएको छ । गाई यदि हाम्रो राष्ट्रिय जनावर हो भने राज्यले संरक्षण गर्न सक्नुपर्छ कि पर्दैन ? र यस्तै कर्म काण्डबाट धार्मिक आतंक मच्चाउन खोजिएको देखिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र ६० किलो सुन प्रकरणबारे तपाई के भन्नु हुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण यो देशको लागि अति खतरनाक देखिन्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा यस राष्ट्रका प्रतिष्ठित राजनितिक परिवार अथवा राष्ट्र परिचालन गर्ने नेतृत्वको परिवार नै प्रत्यक्ष संलग्न भएको स्पष्ट देखिएको छ । नेपाली नागरिकलाई अनागरिक बनाई भुटानी शरणार्थी बनाएर विव्रिm गर्ने र धन कमाउने धन्दा विश्वले देख्दा – जान्दा यो भन्दा गए गुज्रेको नेपाल बाहेक अन्य देखिएको छैन । यसै गरी ललिता निवास जग्गा प्रकरणमा नेपालका वावुराम भट्टराई माधव नेपाल जस्ताहरु राष्ट्र प्रमुख (प्रधानमन्त्री) रहेको समयमा सरकारी कर्मचारीहरुलाई टिप्पणी उठाउन लगाएर ललिता निवासको जग्गा विव्रिm गराउने मुख्य पात्रहरुलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा कर्मचारी र जग्गा किनवेच गर्ने व्यक्तिहरुलाई दोषी ठहराई कारवाही अघि बढाइएको देखिन्छ । यो राज्यले निर्देशित व्यक्तिहरुलाई राजनितिक संरक्षण गर्ने तर साना कर्मचारीलाई मात्र कारवाही गर्नुले राज्यको नियत कस्तो रहेछ स्पष्ट भएको छ । यसै मेसोमा ६० किलो सुन प्रकरण देखिन आएको छ । यस सुन प्रकरणमा माओवादीका प्रमुख नेताहरु र दोस्रो पुस्ताका छोराहरु व्यवसायिक रुपमा सुन प्रकरणमा संलग्न भएको स्पष्ट देखिन आएको छ । त्यसैले यो सुन प्रकरणलाई तेरो मेरो नभनि दोषीलाई कानुनी दायरामा ल्याउनु पर्छ ।

यतिवेला राप्रपा नेपाल के गरिरहेको छ ?
यतिवेला राप्रपा नेपाल नेपाली राजनितिमा स्थापित हुन सव्रिmय भइरहेको छ । यसको लागि राप्रपा नेपालले सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ । धर्म निरपक्षेताको विरुद्धमा , धर्म सापेक्ष अथवा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य स्थापना गर्न , हालको गणतन्त्र को विरुध्द पार्टी र जाती भन्दा माथि उठेको संवैधानिक राजसंस्था सहित प्रजातन्त्रको लागि हामीले आन्दोलन गर्न लागेका हौ । प्रदेश सरकार तथा संघीयता विरुध्दस्थानीय स्वायत शासन र केन्द्रीय शासन भए पुग्छ भन्ने मान्यतामा यस देशको ५५० प्रदेश सांसद , ७–७ वटा प्रदेश प्रमुख , उपप्रमुख र ७–७ वटा वटा मन्त्रिमण्डल यो देशले धान्न सक्दैन । प्रदेश सरकार चलाउनको लागि ३० अर्ब विदेशी ऋण , १९ अर्ब राजस्व संकलन गरेर प्रदेश संचालन राख्नु औचित्य छैन भन्ने राप्रपा नेपालको राजनितिक मान्यता हो ।

राप्रपा र राप्रपा नेपाल एक हुने संभावना छ ?
कुनै पनि पार्टी फरक हुनको लागि राजनितिक विचार फरक हुनु पर्छ । तर राप्रपाको विचार र राप्रपा नेपालको विचार एउटै भएको अथवा आज राप्रपाले अंगालेको विचार राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६३ साल पौष २६ गते राप्रपा नेपाल पार्टी दर्ता गर्दा पार्टीको राजनितिक दर्शन नै संवैधानिक राजसंस्था , धर्म सापेक्ष हिन्दु राष्ट्र र अखण्ड नेपालको विचार उहाँले प्रतिपादन गर्नु भएको कुरा इतिहाँस साक्षी छ । तर अहिले दुई पार्टी एक हुने कुरा चाही मैले औपचारिक रुपमा थाहा पाएको छैन ।

तपाईहरुले भनिरहनु भएको राजसंस्था कस्तो हो ?
राप्रपा नेपालले खोजेको राजसंस्था तीन करोड नेपालीको मन मस्तिष्कमा रहने राजसंस्था हो । र हाम्रो नेपालको भुगोल , छिमेकी मित्र राष्ट्रहरु अति विकसित हुँदै गएको अवस्थामा पश्चिमी मुलुकहरुले हाम्रो भूमिलाई अथवा भुगोललाई सदुपयोग गर्न राजनितिक , धार्मिक हस्तक्षेप गर्न लागि परेको कारण राजनितिक पार्टी अथवा कुनै जाती भन्दा माथि उठेको संवैधानिक राजसंस्था आवश्यक परेको हो ।तर कार्यकारणी प्रमुख प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनावी पव्रिmयाबाट आउने व्यवस्था रहेको हुनुपर्छ ।

देश व्यापी फैलिरहेको मँहगीबारे तपाईको भनाई राख्नुस न ?
नेपालमा महँगीबारे बोलेर साध्य छैन । देशव्यापी रुपमा मँहगी छ, नून, तेल, दाल, चामल, घ्यु लगायत खाद्य सामाग्रीमा महँगी छ , महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्रहरु मुकदर्शक भएर बसेको अवस्था छ । सरकारी वेवास्था कै कारण मुलुकमा महँगी बढ्नुको प्रमुख कारण हो ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?
यो देशको जनताले राष्ट्र, राष्ट्रियतामा अटल रहेको, देशको समृध्दिमा प्रतिबध्द रहेको , जनताको सुख दुःखमा साथ दिइरहेको राप्रपा नेपालको भविष्यसँग तपाई हाम्रो भविस्य छ । त्यसैले राप्रपा नेपालले अंगालेको एजेण्डामा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *