श्रम आप्रवासनसम्बन्धी समस्याका बारेमा १३ देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम आप्रवासनसम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन्। सोमबार बिहानबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको पहिलो चरणको बैठक अपराह्न मात्रै सकिएको हो। बैठकमा वैदेशिक रोजगारसहित आप्रवासी नीतिहरुमा रहेको अहिलेको चुनौतीका बारेमा १३ देशका राजदूतहरुसँग छलफल गरिएको हो।

अन्तरक्रियामा कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या समाधानबारे धारणा राखेका थिए। अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका थिए।

अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ। साथै नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका विकल्पहरू प्रस्तुत गरिएको छ। सोमबार र मंगलबार गरी दुई दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *