लगनशील महिला बचतका पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लि. मनमैजु, तारकेश्वर, काठमाडौंले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तारकेश्वर, काठमाडौंमा सोमबार सम्पन्न सो साधारण सभाले संस्थाका अध्यक्ष गणेश थापाद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०८०/०८१ को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागी पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा दायित्व अन्तरगत संस्थाको शेयरपूँजी ५५ लाख ५ हजार ३ सय रुपैयाँ, निक्षेप ३ करोड २० लाख ९५ हजार ७६ रुपैयाँ ५२ पैसा, जगेडा कोष हिसाव १५ लाख ५४ हजार १ सय ५७ रुपैयाँ २१ पैसा, संरक्षित पूँजी फिर्ता कोष १ लाख ९६ हजार ९ सय ३४ रुपैयाँ १२ पैसा, अन्य कोष हिसाव ८ लाख २१ हजार ६ सय १९ रुपैयाँ ६७ पैसा, सहकारी प्रवद्धन कोष ३ लाख १५ हजार रुपैयाँ, भवन निर्माण कोष ४ लाख ६५ हजार ७ सय ७१ रुपैयाँ, अन्य दायित्व हिसाव १ लाख ४२ हजार ९ सय ६८ रुपैयाँ ३६ पैसा, निष्कृय सदस्य भुक्तानी बाँकी बचत २४ हजार ४ सय २८ रुपैयाँ ६० पैसाको भएको छ । त्यसैगरि सम्पत्ति तथा जायजेथा गरि चालु आ.व. मा संस्थाको कुल कारोवार ४ करोड ११ लाख २४ हजार ८९ रुपैयाँ ५४ पैसाको भएको छ । तारकेश्वर न.पा. काठमाडौंका नगर प्रमुख कृष्णहरी महर्जनको प्रमुख आतित्थ्यतामा सम्पन्न सो साधारण सभामा तारकेश्वर न.पा.को जनप्रतिनीधिहरु, सहकारी अभियन्ता लगायतले अतिथीको आशनबाट मन्तव्य राखेका थिए भने साधारण सभामा विभिन्न महानुभावहरुलाई सम्मान पुरस्कार समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष गणेश थापाको सभापतित्वमा साधारण सभा सम्पन्न पश्चात उपस्थित महिला सदस्यहरुले तीज कार्यक्रम समेत गरि साधारण सभा सांगतिक कार्यक्रममा रुपान्तरण भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *