नेप्से २४.५८ अंकले घट्यो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेको छ । नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ को विन्दुमा पुगेको हो ।यस दिन ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ ।

आज १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स उपसमूहको समूहगत सूचक बढेको छ । यस दिन डोल्टी पावर कम्पनी लिमिटेड सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले बढेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडेको सेयर मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *