काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन दशौं दिन पनि जारी छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
आन्दोलनको नवौं दिन हिजो शिक्षामन्त्रीसहितको उच्चअधिकारी र शिक्षक महासंघवीच छलफल भएको थियो । सामान्य छलफलबाहेक केही नभएपछि शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । देशभरका शिक्षक तथा कर्मचारीले शैक्षिक हडताल नै गरेर काठमाडौं केन्द्रित भई १० दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका छन् ।
Facebook Comments Box