चुनावपछि सत्ताको साँचो हाम्रै हातमा आउने सुनिश्चि छ : गणेश गिरी

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
गणेश गिरी प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ काठमाडौ क्षेत्र नं ३, राप्रपा उम्मेदवार

कानुनी व्यवसाय अंगाल्नु भएका गणेश गिरीले राप्रपा प्रवेश गरेको केही समय भएपनि उहाँलाई यस पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ काठमाडौ क्षेत्र नं ३ मा राप्रपाले उम्मेदवार बनाएको छ । राजनीति शास्त्रमा एमए गर्नु भएका गिरी कानूनमा एलएलएम (स्कोलार) गर्दै हुनुहुन्छ । उहाँ २ वर्ष अघि राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो । काठमाण्डौस्थित जोरपाटीका स्थायी वासिन्दा गिरीलाई खारिएको युवा नेताको रुपमा चिनिन्छ । राप्रपाले बोकेको एजेण्डाप्रति सहमत भएर आफू राप्रपामा समाहित भएको बताउनु हुने राप्रपा उम्मेदवार गिरीसँग चुनावी सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानी :

प्रतिनिधिसभा प्रत्यक्षतर्फ काठमाडौ क्षेत्र नं ३ मा राप्रपाको उम्मेदवार बन्नुभएको छ, कस्तो अनुभुति गर्नु भएको छ ?
मैले यस क्षेत्रमा उठ्न पाउँदा आफूलाई गौरवको महसुस गरेको छु । पार्टीले केही राष्ट्रिय मुद्दाहरु उठाएको छ । केही नीतिगत सुधारका कुराहरु उठाएको छ । भ्रष्टाचार निवारण र सुशासनका कुराहरु उठाएको छ । र संविधानमा रहेका केही कुराहरुमा संशोधनको वकालत गरिरहेको छ । राप्रपाले हिन्दु राज्य र संवैधानिक राजतन्त्रका लागि संविधान संशोधनको माग गरिरहेको छ । यहि प्रमुख माग राखेर हामी जनता माझ गइरहेका छौँ ।

यस क्षेत्रमा तपाईले जित्ने आधार बताइ दिनुस् न ?
मैले जित्ने आधारहरु पर्याप्त छन् । हामीले मुलधारको राजनीतिलाई समातेका छौँ । धर्म र संस्कृतिप्रति अथाह आस्था भएका जनसमुदायले हामीलाई कतिखेर मतदान गर्न पाइएला भनेर आतुरताका साथ पर्खिरहनु भएको छ । त्यसै गरी राष्ट्रियताको सवालमा नागरिक सवालमा सबै भन्दा दरिलो आवाज उठाएका छौँ । राष्ट्रिय स्वार्थ र हितको विपरीत हुने गरी भएका एमसिसी र एमपिपि जस्ता राष्ट्रविरोधी सम्झौताहरु खारेज गरिनुपर्छ भनेर तीव्र आवाज उठाइरहेका छौँ । स्थानीय सरकारहरुमा जनताको काममा हुन सक्ने मुद्दाहरु उठाएका छौँ । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाएका छौँ । देशको केन्द्रीय सत्तामा बसेर ठूला पार्टी हौ भन्नेहरुले राष्ट्रिय स्रोत साधनमाथि मचाइरहेको लुटतन्त्रको विरोध गरिरहेका छौँ । नीतिगत निर्णयका आधारमा भइरहेका ठूला–ठूला भ्रष्टाचारहरुको विरुध्दमा आवाज उठाइरहेका छौ । यि प्रमुख मुद्दाहरुलाई हेरेर यस काठमाण्डौ क्षेत्र नं ३ का जनताबाट भारी जनमत पाउने छौँ भन्ने अपेक्षा गरेका छौँ । र, हामी सानदार रुपमा चुनाव जित्दैछौ ।

राप्रपा कट्टर हिन्दुवादी र राजावादी पार्टी हो, तपाईलाई हिन्दुवादी र राजावादीको अधिकांश मत आउला नि, हैन ?
हामी कट्टर हिन्दुवादी मात्र छैनौं, सर्वधर्म समभाव लाई अंगिकार ग¥छौँ । धर्मका आधारमा कसैलाई भेदभाव गर्दनौ, नेपाल ८० प्रतिशत भन्दा माथि हिन्दु धर्मामलम्बीहरु रहेको देश हो । त्यसैले बहुमत हिन्दुहरु भएको राज्य भएको हुनाले यो देशलाई सनातन हिन्दु राज्य घोषित हुनुपर्छ । यसैगरी राजतन्त्रका सवालमा पनि हाम्रा आफ्ना मुद्दा छन् । हामीले निरंकुश राजतन्त्रको वकालत गरेका छैनौँ । तर नेपालमा प्रमुख अभिभावकीय भूमिकामा संवैधानिक राजतन्त्र स्थापना हुनुपर्छ भन्ने हाम्रो मुख्य मान्यता रहेको छ । हाम्रो पार्टी यसै मिसनमा क्रियाशील छ । चुनावमा पनि यही मुद्दालाई प्रमुखताका साथ लैजाने छौँ ।

तपाई कुन कुन एजेण्डा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?
हामी सुशासन र विकासको एजेण्डालाई लिएर जनतामाझ जाँदैछौ । राष्ट्रियताका सवालका कुरा पनि जनतामाझ राखिरहेका छौ । मेरा प्रतिस्पर्धीहरु एमालेका भर्खरै निवर्तमान भएका सांसद हुनुहुन्छ भने अर्का प्रतिस्पर्धी भर्खरै मात्र निवर्तमान हुनु भएका गोकर्णेश्वर नगरपालिकाका मेयर हुनुहुन्छ । उहाँहरु दुवै जना आफ्ना कार्यशैलीका कारण जनतामाझ अलोकप्रिय सावित भइसक्नु भएको छ । उहाँहरुकै अलोकप्रियताका कारण जनतामाझ राप्रपा प्रतिको आव्रmसनको कारण हामीले चुनाव जित्ने सुनिश्चित छ ।

तपाई प्रति यस क्षेत्रका मतदातालाई आकर्षित गर्न के कस्ता कार्यक्रम तपाईसँग छन् ?
म हाम्रा स्थानीय क्षेत्रका जनसमुदायमाझ अस्वभाविक आस्वासन दिने पक्षमा छैन । विकास निर्माणको प्रमुख जिम्मेवारी तीन तहको सरकारको हो । त्यसमा पनि सबैभन्दा अहं भूमिका स्थानीय सरकारको हो । विजयी भएपछि सांसदका भूमिका भनेको राज्यको नीति निर्माणमा सहयोग पु¥याउने हो । राज्यका लागि आवश्यक पर्ने नयाँ नयाँ कानून निर्माण गर्ने हो । भइरहेका कानूनहरु सुधार गर्ने हो । म आफै कानून व्यवसायी भएका नाताले जनताका पिर मर्का र समस्याहरु कानून तर्जुमाका विषयहरु संसदमा र सरकारमा जोटतोडले उठाउने हो । मेरो यो भूमिका हाम्रा जनसमुदायले अवस्य बुझ्नु हुनेछ र म र मेरो टिमलाई भारि मतले विजयी गराउनु हुनु आग्रह गर्छु । यति भन्दै गर्दा स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा पनि आवश्यक समन्वय गर्न चुक्ने छैन ।

जनताले राप्रपालाई नै किन मत दिने ?
राष्ट्र र जनताको सवालमा राप्रपा जतिको विश्वासीलो पर्टाी अरु हुँदै छैनन् । यसले लिएका नीतिहरु सहि छ, अवलम्बन गरेका मार्ग सहि छ । हामी विजयी भएपछि हामीले उठाएका मुद्दाहरुलाई पहिलो प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याउने छौं । राप्रपाले कायम गर्ने सुशासन, प्रशासनयन्त्रहरुमा छिटो छरितो र भ्रष्टाचारमा शुन्य सहनशिलतालाई हेरेर यस क्षेत्रमा हामीलाई जिताउन जनता आतुर हुनुहुन्छ । अबको निर्णायक र राज्य हाक्ने शक्ति भनेको राप्रपा नै हो । अब चुनावपछि सत्ताको साँचो हाम्रै हातमा आउने सुनिश्चित छ ।

ठूला दलका उम्मेद्वारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माझबाट जित्न यस क्षेत्रका मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
हामी जस्ता निस्कलंकित, पढेलेखेको, समाजमा विशेष रुपमा भिजेको र जनताको सुख – द्ःखको साथ दिँदै आएको र आफ्नो क्षेत्रमा विशेष योगदान पु¥याएका उम्मेदवार राप्रपाले उठाएको देखेर अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरुमा भुइचालो नै गएको छ । उहाँहरु हाम्रो उम्मेदवारी देखेर विचलित भइसक्नु भएको छ । हामीले संघ र प्रदेश दुवैमा जित्ने निश्चित भइसकेको छ ।

राप्रपाको यस क्षेत्रमा अन्य दलसँग चुनावी तालमेल छ ?
यस क्षेत्रमा राप्रपाको अन्य राजनीतिक दलसँग तालमेल छैन । अन्य दल आवद्ध जनसमुदायहरुसमेत राप्रपाको एजेण्डाहरु मन पराएर हामीलाई मत दिन आतुर हुनुहुन्छ । फेरि पनि हामी भन्छौ हाम्रो विजयी सुनिश्चित छ ।

अन्तमा यस क्षेत्रका मतदातालाई सन्देश दिनुस् न ?
अन्तमा हाम्रा मतदातालाई के आग्रह गर्दछु भने ठुला दलहरुबाट दिइने फुस्रा आश्वासन, भ्रमपूर्ण एजेण्डाहरुमा विश्वस्त नहुन आग्रह गर्छु । साथै उहाँहरुको भनाई र गराई विचमा रहेको ठुलो भिन्नताहरु यहाँहरुले सजिलै पहिल्याउन सक्ने हुँदा ठुला भनिएका दलहरुको उम्मेदवारको शब्द जालमा नपर्न विशेष अनुरोध गर्दछु । र, यस निर्वाचनमा राप्रपाको हलो चिन्हमा स्वस्तिक छाप लगाई यस पार्टीका उम्मेदवारलाई भारी मतले विजयी तुल्याइ दिनुहुन आदरणीय जनसमुदायहरुमा हार्दिक अपिल गर्दछु । जय राष्ट्रवाद !

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *