सन्तुष्ट भएर , चित्त बुझेर फिल्म क्षेत्रमा लागिरहेको छु: रत्न श्रेष्ठ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
रत्न श्रेष्ठ अध्यक्ष , आरआर फिल्म प्रोडक्सन

तपाईले फिल्म क्षेत्रमा लागेर कस्तो अनुभव गर्नु भएको छ ?

अनुभव त धेरै राम्रो गरियो । यो क्षेत्रमा राम्रा मात्र होइन , नराम्रा पनि देखियो । उनीहरुसंग लड्दै जुद्दै यहाँसम्म आइपुगेको छु । देशका नेताहरुले भन्दा सिने क्षेत्रका ठुला व्यक्तिले फोहोरी , राजनीति गरेको , त्यो पनि देखियो । सुख दुःख यो क्षेत्रमा टिकिरहेको छु । यो क्षेत्रमा लागिरहेको छु । अहिले राम्रै क्षेत्रमा लागे भन्ने लागेको छ ।

यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट भएर , चित्त बुझेर अहिलेसम्म यो क्षेत्रमा लागिरहेको छु ।

फिल्म क्षेत्रमा मात्र लागेर घर – परिवार चल्छ ?
अहिलेसम्म चलिरहेको छ , फिल्म क्षेत्र बाहेक मेरो अरु व्यापार छैन । सबै थोक फिल्मी क्षेत्रमा लगाइ रहेको छु । घर–परिवार त फिल्म क्षेत्रमा लागेर चलेकै छ ।

तपाई वरिष्ट फिल्म वितरक हुनु हुन्छ , कस्ता फिल्मलाई नेपाली दर्शकले रुचाउँछन् ?
३ घण्टा हलमा दर्शकलाई खुसी साथ वाध्न सक्ने फिल्म चल्छ । चलिरहेछ । हरेकका सिनेमा राम्रो छ भन्छन् , सबैे चलचित्रलाई वास्तविक रुपमा दर्शकले मन पराउदैनन् । मैले बुझे अनुसार विशुध्द प्रेम र साँगेतिक चलचित्र धेरै दर्शकले रुचाएको देखिन्छ ।

तपाईहरुले कृष्ण लिला र विहेपास चलचित्र बनाउनु भयो , व्यापार कस्तो रह्यो ?
कृष्ण लिलाबाट मलाई एक करोडको घाटा भयो । विहेपासमा भने लगानी उठेको छ । अब चाडै नै अर्को फिल्म बनाउँदैछु ।

कस्ता कलाकारलाई दर्शकले रुचाउछन् ?
अहिले दर्शकले रुचाएको नायक भनेको दयाहाङ राई हुन् । दर्शकका भावना बुझेर वास्तविक अभिनय गर्ने नायक – कलाकारलाई दर्शकले रुचाएको पाइन्छ । खास गरी मलाई मन पर्ने नायक शिव श्रेष्ठ हुन् । अहिलेको परिस्थितिमा राजेश हमाल , शिव श्रेष्ठ , भुवन केसीहरु प्रति दर्शकको व्रmेज छैन । उहाँहरुको जमाना बेग्लै थियो । समयको माग अनुसार यति वेला उहाँहरु छायामा हुनुहुन्छ ।

फिल्म क्षेत्रप्रति तपाईलाई सरकारी नीति कस्तो लागेको छ ?
पहिला सरकारले चलचित्र व्यवसायलाई उधोगको मान्यता दिनु पर्छ । सिनेमाको क्याटगोरी अनुसार ऋण र सहुलियतको व्यवस्था गर्नु पर्छ ।

तपाई यो क्षेत्रमा लागेको कति वर्ष भयो र अब कति वर्ष यो क्षेत्रमा रहनुहुन्छ ?
म चलचित्र क्षेत्रमा लागेको २०५७ साल वंैशाख १५ गतेदेखि हो । यहि साल देखि म यो क्षेत्रमा सव्रिmय भएको छु । अब २०–२५ वर्ष यो क्षेत्रमा सव्रिmय रहिरहने छु ।

आर आर फिल्म प्रोडक्सनले कति ठाउँमा फिल्म वितरण गर्छ ?
हाम्रो यो यस्तो कम्पनी हो , नेपाल अधिराज्य भरि फिल्म वितरण गर्ने यो कम्पनी मात्र हो । हुन त अरु फिल्म वितरकहरु पनि छन् तर देशव्यापी फिल्म वितरण गर्ने हामी मात्र हौ । हामीलाई यो कुरा भन्दा गर्व लाग्छ ।

अन्तमा तपाईको सन्देश ?
सकभर फिल्म क्षेत्रमा लाग्न पूर्ण तयारी भएर आउनुहोस् । पैसा र आफन्तको पछाडी लागेर नआउनुहोस् , यो क्षेत्रमा भविष्य राम्रो छ । तर राम्रो कलाकार र राम्रो फिल्मको मात्र भविष्य छ । त्यसैले यो क्षेत्रलाई बुझेर आएर भविष्य राम्रो गर्नु होला । सिकेर र बुझेर मात्र यो क्षेत्रमा प्रवेश गर्नुहोला ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *