सरकारमा गएर राप्रपाले राम्रो काम गर्ने आशा पलाएको छ: श्याम कृष्ण गजुरेल

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
श्याम कृष्ण गजुरेल, राप्रपा नुवाकोट
क्षेत्र नं. १, क्षेत्रीय उपाध्यक्ष

देशको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
देशको अवस्था नाजुक देख्छु । केही कुरामा थीर छैन, सरकार भएको नभएको जनताले अनुभुति गर्न पाएका छैनन् । देशलाई व्यक्तिवादी रुपमा अस्तव्यस्त पारेका छन् । यहि कारणलाई मूल्यांकन गर्दै यहि प्रजातन्त्र दिवसको पारेर पूर्व श्री ५ महाराजाधिराज सरकारबाट वक्स भएको सन्देशमा इमान्दार पार्टीहरुसँग सहकार्य गर्ने र सो सन्देश नेपाली जनताको आशा लाग्दो विषय भएको छ ।

राप्रपा वर्तमान सरकारमा सहभागी भएको छ, जनताको पक्षमा काम गरेको छ कि छैन ?
राप्रपाले एक त सरकारमा सहभागी हुने नपर्ने थियो, वर्तमान संसद वनावटका कारणले गर्दा परिस्थिति वस आफ्ना एजेण्डालाई शिर उपर गरी सरकारमा गएकोमा जनतामा त्यति सन्तोषजनक त छैन, तर पनि देशको वास्तविक अवस्थालाई ध्यान दिँदै आउदो राष्ट्रपति चुनावमा तटस्थ बस्ने वाचा गर्दै सरकारमा गएर जनताको काम गर्ने आशा जनतामा पलाएको छ ।
यस पटकको निर्वाचन परिणामलाई राप्रपाले कसरी लिएको छ ?
यस पालीको निर्वाचनमा जनताले राप्रपालाई परिक्षणको रुपमा लिएका थिए । साथै त्यसलाई पार्टीको घोषणापत्र अनुसार काम गर्नेछ भन्ने परिक्षणका रुपमा लिएका छन् ।

मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न के गर्नु पर्ला ?
देशमा भ्रष्टाचार नियन्त्रण गर्न जुनै पनि पार्टीका स्वच्छ छवि भएका अनुभवी नेतृत्वको रवैयाले काम गर्न सक्ने जस्तो देखिदैन । राप्रपाको घोषणा पत्रमा उल्लेख भए अनुसार भ्रष्टाचार निवारण गर्ने हिक्मत भएका नेताहरुले अघि बढ्नु पर्छ । राप्रपाको घोषणापत्रमा उल्लेख भएको भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु हो भने जस्तो सबै राजनीतिक पार्टीका नेताहरुले संकल्प गरी अघि बढे मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ ।

राप्रपाले अघि सारेको एजेण्डामा तपाईहरु के गर्दै हुनुहुन्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अघि सारेको प्रमुख एजेण्डालाई कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारीको, साथै पार्टी संगठनलाई विस्तार गरी जनताको पार्टीको रुपमा राप्रपालाई अघि बढाउनु पर्छ । यो हाम्रो एजेण्डा सनातन हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र हो भन्ने नारा जनतामा स्थापित गर्न लागेका छौं ।

देश विकासको लागि तपाईहरुको राप्रपाको भूमिका कस्तो रहला ?
राप्रपाले देश विकास गर्ने अवसर पाएमा अनुभव प्राप्त नेता हाम्रो पार्टीमा छन् । त्यस कारण देशको विकास गर्ने मौका मिलेमा हामी जस्ता युवाहरुले पनि देश विकास गर्ने छौं ।

अब राप्रपा पहिलो पार्टी हुन्, तपाईहरुसँग रहेका एजेण्डा बताइ दिनुस् न ?
राप्रपाले पहिलो पार्टी हुन केही कुराहरु पार्टीबाट सुधार गर्नुपर्ने अवस्था देखिन्छ । त्यसमा हाम्रा केन्द्रीय नेताहरुले पार्टीको भूमिकालाई जनताको माझमा जस्ताको त्यस्तै लगेमा यो देशको पहिलो पार्टी हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *