युक्रेनलाई थप ५०० मिलियन डलर बराबरको सैन्य सहयोग गर्ने बाइडेनको घोषणा

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निरन्तर युक्रेनको साथमा रहेको बताएका छन् । युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा अचानक युक्रेन झरेका बाइडेनले युक्रेनलाई अमेरिकाको बलियो साथमा रहिरहने बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनका क्रममा बाइडेनले युक्रेनलाई थप ५०० मिलियन डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेका छन् । उनले युक्रेनसँगको युद्धमा रुस असफल भइरहेको पनि दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बाइडेनको युक्रेन भ्रमण महत्त्वपूर्ण संकेत भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *