गोरेटो बहुउद्देश्यीयको तेह्रौं साधारण सभा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुकेधारा काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष कृष्ण बहादुर खत्रीद्वारा प्रस्तुत आ.व. २०७८/ ०७९ को वार्षिक प्रतिबेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन, आ.व. २०७८/०७९ को नाफा नोकसान हिसाब नगद प्रवाह विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, चालु आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ५ करोड ५१ लाख ७१ हजार ५ सय रुपैयाँ, कोष हिसाब ८३ लाख ४१ हजार ४ सय १५ रुपैयाँ ८३ पैसा, बचत तथा निक्षेप हिसाब १६ करोड ९१ लाख ५५ हजार ८ सय ९१ रुपैयाँ ४७ पैसा, बाह्रय ऋण सापटी ४ करोड २० लाख १७ हजार ८ सय ९३ रुपैयाँ ४७ पैसा, चालु दायित्व तथा व्यवस्था ९१ लाख १५ हजार ५ सय ८ रुपैयाँ ७ पैसा, कर दायित्व १ लाख १९ हजार १ सय ५६ रुपैयाँ ७ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २८ करोड ३९ लाख २१ हजार ३ सय ६५ रुपैयाँ ३५ पैसाको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *