अखण्ड बचतको चौधौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै एक कार्यक्रम विच अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । किर्तिपुर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष दामोदर लम्सालद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ मा संचालक समितिलले गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, विनियम नीति निर्माण, संस्था एकीकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ४ करोड ८२ लाख ८२ हजार ६ सय ७८ रुपैयाँ ७ पैसा, जगेडा कोष १ करोड ३३ लाख ४७ हजार ६ सय ९ रुपैयाँ २३ पैसा, अन्य कोष ४९ लाख ४७ हजार ३ सय ४२ रुपैयाँ २५ पैसा, एच्छाक व्यवस्था खाता ३२ लाख ८७ हजार ४ सय ८३ रुपैयाँ १४ पैसा, कर्जा नोक्सानी व्यवस्था १ करोड १५ लाख १२ हजार ९ सय ७९ रुपैयाँ ६१ पैसा, स्थगन कर दायित्व २१ हजार १ सय ७४ रुपैयाँ ८७ पैसा, बचत १७ करोड ९३ लाख २० हजार ४ सय ४६ रुपैयाँ ५४ पैसा, चालु दायित्व १ करोड ५९ लाख ७ हजार ३ सय १ रुपैयाँ ४७ पैसा, आयकर व्यवस्था लगायत गरि ७ लाख ४४ हजार ६ सय ५६ रुपैयाँ ३६ पैसा भएको छ भने चालु आ.व. मा संस्थाको कूल कारोबार २७ करोड २० लाख ६१ हजार ६ सय ७१ रुपैयाँ ५३ पैसाको भएको छ । साथै साधारण सभामा सरोकार वालाहरुले उठाएको प्रश्नको जवाफ संचालक समितिले दिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *