मंगला गौरी बचतको तेह्रौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै एक कार्यक्रम गरि मंगला गौरी बचत तथा ऋण सहकारी संस्था लि. ले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बानेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाका अध्यक्ष सुरेश कुमार रेग्मीद्वारा प्रस्तुत संस्थाको आ.व. २०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लाभांश तथा कर्मचारी बोनस वितरण सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारीश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ५६ लाख ७८ हजार ६ सय रुपैयाँ, कोषहरु ६० लाख ७५ हजार ५ सय ९८ रुपैयाँ, बचत २२ करोड ६३ लाख २६ हजार २ सय १२ रुपैयाँ, चालु दायित्व तथा व्यवस्था ७० लाख ९२ हजार ४ सय ११ रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व २५ करोड ५१ लाख ७२ हजार ८ सय २१ रुपैयाँको भएको छ । साथै जगेडा कोष तर्फ ३८ लाख ३३ हजार ९ सय ५६ रुपैयाँ, अन्य कोषहरु २२ लाख ४१ हजार ६ सय ४२ रुपैयाँको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *