आइडियल यमुना बहुउद्देश्यीयको तेइसौं साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लि. ले तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुकेधारा काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष कुयाङ लामाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, आ.व. २०७८/०७९ मा संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७९/०८० को नीति, योजना तथा कार्यक्रम तथा अनुमानित बजेट सम्बन्ध, संस्थासंग सम्बन्धित विभिन्न कारोबारीलाई दिइएको छुट सम्बन्ध, लाभांश, कोष बाँडफाँड सम्बन्ध, नियमावली संशोधन तथा कार्यविधी पारित सम्बन्ध, संस्थाको विभिन्न सम्पतिहरु विक्रि गर्ने सम्बन्ध, कार्यक्षेत्र विस्तार सम्बन्ध, एकीकरण सम्बन्ध, सेवा केन्द्र विस्तार गर्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसनब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ५ करोड ५२ लाख ४० हजार ८ सय रुपैयाँ, कोष हिसाब १ करोड ८३ लाख ६९ हजार ६ सय ८ रुपैयाँ, बचत तथा निक्षेप ३ अर्ब ९० करोड ६ लाख १ हजार ९ सय ५० रुपैयाँ, ऋण तथा सापटी १० करोड ५२ लाख ८९ हजार ४ सय ३३ रुपैयाँ, चालु दायित्व तथा सापटी २० करोड ८ लाख ९७ हजार ६ सय ५६ रुपैयाँ, कर दायित्व ७३ लाख ८ हजार ५ सय ३७ रुपैयाँ को भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार ३ अर्ब ४७ करोड ७७ लाख ७ हजार ९ सय ८३ रुपैयाँको भएको छ । साधारण सभामा संस्थासंग सम्बन्धित विभिन्न कारोबारी लागायतका महानुभावहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यसैगरि हालै सो सहाकरीको गंगबु, स्वयम्भु, नयाँबजार, सल्लाघारी, इमाडोल, काँडाघारी, चाँगुनारायणमा सदस्य सेवा केन्द्र रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *