यतिबेला देश चुनावमय बनिरहेको छ । के उम्मेदवार के मतदाता सबैर्ला चुनावले छोएको छ । म ललितपुर क्षेत्र नं ३ ख को प्रदेश सदस्यमा राप्रपाको तर्फबाट उम्मेदवार बनेको छ । म मतदातामाझ जान पाउँदा र राप्रपाले यो अवसर दिंदा मलाई खुसी र गौरव लागेको छ । यस क्षेत्रमा मैले जित्ने पक्का छ । जता जान्छु उतै यस पटक राप्रपा उम्मेदवारलाई जिताउछौं भनिरहेका छन्, मतदाता । खासगरि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । यो हाम्रो लागि पनि गौरवको विषय हो । अन्य दलका नेताहरु यस्तो भन्न सक्छन् ? त्यसो त म कट्टर हिन्दूवादी र राजतन्त्रवादी हुँ । राप्रपाको प्रमुख एजेण्डा पनि यहि भएकाले मलाई जनतामाझ जाँदा सजिलो भइरहेको छ । राप्रपा विकास, सुशासन र न्यायको वाहक पार्टी हो । राप्रपाले जिते मात्र देशमा अमनचयन हुन्छ । त्यसो त राप्रपा जस्तो राष्ट्रवादी पार्टी नेपालमा अर्को छैन । राप्रपाले जितेमात्र देशमा राष्ट्रवादी शक्ति बलियो बन्दछ ।
यसै मेसोमा म यस क्षेत्रमा नयाँ अनुहार होइन, राप्रपाको ललितपुर क्षेत्र ३ को अध्यक्ष हुँदा पनि यस क्षेत्रका जनताको सुख दुःखको साथी बन्दै आएको छु । सक्दो सहयोग पनि गरिरहेको छु । कोरोना होस वा भूकम्प होस् देश आक्रान्त भएको बेला पनि मैले आफ्नो तर्फबाट केही गरिरहेकै छु । त्यसैले यस क्षेत्रका अन्य उम्मेदवार भन्दा हरेक हिसाबले म मतदाताको नजिक छु । मेरो जितले राष्ट्रवादी, हिन्दूवादी र राजसंस्थावादीको जित हुनेछ ।
(लेखक सविन कुमार खड्का प्रदेशसभा सदस्य राप्रपा उम्मेदवार ललितपुर क्षेत्र नं ३ ख ) हुन् ।
Facebook Comments Box