बुर्तिबाङ राइजिङ युवा क्लबले कोजाग्रत पूर्णिमामा विविध कार्यक्रम गर्ने

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

बाग्लुङ १४ असोज । ऐतिहासिक मुल्य मान्यता सहित बुर्तिबाङ राइजिङ युवा क्लवले विगत २२ बर्षदेखि बार्षिक रुपमा सञ्चालन गर्दै आइरहेको कोजाग्रत पुर्णिमा मेलालाई ढोरपाटन नगरपालिका मुख्य प्रायोजकको रुपमा रही यो वर्ष पनि आयोजना हुने भएको छ । मेला २०८१ कात्तिक ०१ गतेबाट शुरु हुने आयोजक पक्षले जानकारी गराएको छ । बाग्लुङ जिल्लाको सदरमुकाम देखि सुदुरपश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुर्तिबाङ बजार, जसलाई मानब बस्तिको रुपमा बिकाश गर्दै लैजाने नेपाल सरकारको नमुना शहरको लक्ष्य पनि छ । यद्यपी यस वरपरका समुदाय मानव जिवनका लागि अपरिहार्य पुर्बाधार शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको पहुँचबाट नजिक हुने प्रयत्नमा देखिन्छन् । यहाँको जनजिवन बिगतको १२ बर्षे जनयुद्ध र त्यसताका तत्कालिन राज्य सरकारको अनुपस्थितिमा अत्यन्त कहाली लाग्दो अबस्थामा समेत यस क्षेत्रका कर्मठ जागरुक कर्तव्यनिष्ठ केहि समाजसेवी बुद्धिजिबि र युवाहरुको अथक प्रयास र पहलमा बिभिन्न क्षेत्रका जनताको सुख दुःखमा प्रत्यक्ष सरोकार र सहयोग गर्ने उदेश्य अनुरुप शान्ति, मानवअधिकार र विकास भन्ने मुल नारालाई आत्मसात गरि वि.सं.२०६० सालमा चन्द्रलाल अर्यालको अध्यक्षतामा बुर्तिबाङ राइजिङ युवा क्लवको स्थापना भएको थियो ।

ऐतिहासिक पृष्ठभूमि बोकेको बाग्लुङ पश्चिमको निसिभुजि तमान खोलाको संगम स्थल जिल्लाकै दोस्रो महत्वपुर्ण व्यापारिक र प्रशासनिक केन्द्रका रुपमा परिचित तथा बिश्वमै प्रचलित सिकार आरक्ष भएको पर्यटकिय क्षेत्र ढोरपाटनको काखमा अबस्थित सुन्दरनगरी बुर्तिबाङ बजारमा परापुर्वकाल देखि नै कोजाग्रत पुर्णिमा मेलालाई संचालन गर्दै आएता पनि संस्थागत रुपमा बिगत २०६० सालदेखी परम्परालाई निरन्तरता दिदै यस बुर्तिबाङ राइजिङ युवा क्लवले बिभिन्न खेलकुद, सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ स्थानीय उत्पादनहरुको बजार व्यवस्थापनलाई पनि मेला आयोजनाले ठुलो सहयोग पुराउने क्लवका निवर्तमान अध्यक्ष, मेलाका सल्लाहकार शम्शेर बिकले बताउनु भयो । साताव्यापी चल्ने मेलामा खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, खुल्ला पालिका स्तरीय महिला भलिवल प्रतियोगिता, खुल्ला समुहगत र एकल नृत्य प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सा प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, खुल्ला आईटिएफ तेक्वाण्डो प्रतियोगिता, ४० वर्ष माथीको भलिबल प्रतियोगीता, कृषि प्रर्दशनी लगायत गतिबिधि हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *