काठमाडौं । हालै एक वृहत कार्यक्रम गरी पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुरानो सिनामंगल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष भोलानाथ पाठकद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को प्रस्तावित बजेट योजना, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, लाभाशं वितरण सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, अधिकृत नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाको कार्यक्षेत्र विस्तार, सेवा केन्द्र संचालन तथा एकीकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी कार्यकालको लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ७ करोड ७८ लाख २५ हजार ३ सय रुपैयाँ, साधारण जगेडाकोष ५ करोड ५० लाख ४४ हजार ६ सय ३० रुपैयाँ ६७ पैसा, अन्य कोष ५ करोड २१ लाख ६ हजार ९ सय ७४ रुपैयाँ ७६ पैसा, संस्थाको विकास कोष १ करोड ८४ लाख, ६ हजार १ सय ६८ रुपैयाँ ७६ पैसा, पुरस्कार तथा सम्मान कोष १५ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ ८८ पैसा, ऋण नोक्सानी कोष २ करोड ९८ लाख ५८ हजार ९ सय ७२ रुपैयाँ ३५ पैसा, प्राकृतिक विपत्ति कोष १६ लाख ८० हजार १ सय ९८ रुपैयाँ ६७ पैसा, निक्षेप दायित्व ५७ करोड ४१ लाख २९ हजार २ सय ७१ रुपैयाँ ७२ पैसा, अन्य दायित्व १ करोड ४० लाख ८६ हजार १ सय १२ रुपैयाँ ५८ पैसा, बाह्य ऋण ६ करोड ६८ लाख ११ हजार १ सय ११ रुपैयाँको भएको छ भने चालु आ.व.मा संस्थाको जम्मा पूँजी तथा दायित्व ८८ करोड २० लाख ५७ हजार ६ सय ८४ रुपैयाँ ३९ पैसाको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।