म्हेपी बचतको २६ औं बार्षिक साधारण सभा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । म्हेपी बचत तथा ऋण सहकारी संस्था लि. ले हालै छब्बिसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । नयाँबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठद्वारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७८/०७९ को संचालक समिति तथा अन्य उपसमितिले गरेका निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७९/०८० को अनुमानित बजेट, नीति तथा कार्यक्रम सम्बन्ध, लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन लाभांश, बोनस वितरण सम्बन्ध, संस्था एकिकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी २ करोड ११ लाख ७१ हजार रुपैयाँ, जगेडा तथा अन्य कोष २ करोड ६८ लाख ४६ हजार ४६ रुपैयाँ ८२ पैसा, आयकर तथा व्यवस्था १ करोड ६० लाख ८३ हजार ८८ रुपैयाँ ३९ पैसा, निक्षेप दायित्व ११ करोड ५२ लाख २३ हजार १ सय १३ रुपैयाँ ९२ पैसा, अन्य दायित्व १ करोड ९० लाख ७१ हजार ६ सय २१ रुपैयाँ १५ पैसाको भएको छ भने संस्थाको जम्मा कारोबार १९ करोड ७३ लाख ४१ हजार २८ रुपैयाँको भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *