चन्द्रागिरि नगरपालिका वडा नं १ मा लोकतान्त्रिक वाम गठबन्धनको चियापान कार्यक्रम

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ९ चन्द्रागिरि नगरपालिका वडा नं १ लोकतान्त्रिक वाम गठबन्धनले शनिवार शुभकामना आदान प्रदान चियापान कार्यक्रमको आयोजना ग¥यो । मंसीर ४ गतेको निर्वाचन लक्षित गरेर गठबन्धनको तर्फबाट संयुक्त रुपमा साझा उम्मेदवारहरु र स्थानीय मतदातासँग परिचयात्मक कार्यक्रमको आयोजता गरेको हो । कार्यक्रममा माओवादी केन्द्रका नेता एवं काठमाडौं क्षेत्र नं ९ प्रतिनिधिसभाका उम्मेदवार कल्पना धमलाले प्रतिगामि शक्तिलाई परास्त गर्न बनेको वाम लोकतान्त्रिक गठनबन्धलाई विजयी गराउन अनुरोध गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, थाति रहेको विकास निर्माणलाई गति दिने, समृद्धि र सुशासन कायम गर्ने लक्ष्य निर्धारण गरेर वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएकाले गठबन्धनलाई विजयी गराउन सवै राजनीतिक दल, नेता एवं मतदाता एकजुट भएर लाग्न समेत अपिल गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ९ क का प्रदेशसभा उम्मेदवार नानु बास्तोला र ९ ख का उम्मेदवार श्यामकृष्ण खड्काले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, च.न.पा वडा नं १ का वडाध्यक्ष हरिश्याम रानामगर, नेपाली कांग्रेसका ९ का समानुपातिक उम्मेदवारहरु दामोदर गौतम, किरण गिरी, माओवादीका तर्फबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार ईश्वरचन्द्र ज्ञवाली, प्रदेश ख को समानुपातिक तर्फका उम्मेदवार देवकी पौडेल(सलिना), नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य नवराज सुवेदी, लोकतान्त्रिक समाजवादीका राजु रोक्का लगायतको उपस्थिति रहेको थियो । आयोजक लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका च.न.पा वडा नं १ का अध्यक्ष गणेश गिरीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सभापतित्व कांग्रेस च.न.पा १ का सभापति जगन्नाथ कार्कीले गर्नुभएको थियो । कार्यक्रम संचालन च.न.पा १ का कांग्रेस सचिव राजाराम दानीले गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *