मंसीर ४ पछि राप्रपा निर्णायक शक्ति बन्छ : पशुपति शमशेर जबरा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले मंसीर ४ गते हुने निर्वाचनबाट राप्रपा मुलुकको निर्णायक शक्ति बन्ने बताए । राप्रपा काठमाडौं क्षेत्र नं ३ कार्यसमितिले शरिवार जोरपाटीको चामुण्डा गेटमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमा बोल्दै उनले राप्रपाको पक्षमा मतदाता बढेको दाबी गर्दै संघीय र प्रदेशसभाको निर्वाचनमा राप्रपा बलियो पार्टीको रुपमा अगाडि आउने दबी गरे ।

यसैगरी राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले राष्ट्रवादीहरु एक हुने बेला आएको उल्लेख गरे । यस्तै राप्रपाका तर्फबाट काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार गणेश गिरी, प्रदेशसभा ३ क का चुण्डी लामा र प्रदेश ख का उम्मेदवार कमल सुनारले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डित, गोकर्णेश्वर न.पा इकाई अध्यक्ष अनिल पराजुली, क्षेत्र नं ३ कै निर्वाचन परिचालन समिति संयोजक कुमार घिमिरे लगायतका पार्टीका कार्यकर्ता एवं क्षेत्र नं ३ का जनसमुदायहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *