दुई समुदायबीच विवाद भएपछि मलंगवामा कर्फ्यू

समाचार
खवर पाटी (खोज खबरको अभियान)

सर्लाही  । मूर्ति सेलाउने विषयलाई लिएर सर्लाहीको मलंगवामा दुई समुदायबीच भएको विवादले झडप हुन सक्ने भएपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ।

स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा दुई समुदायबीच झडप भएको थियो। सो झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले १६ सेल अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको थियो।

झडपपश्चात शनिबारसमेत मलंगवा बजार क्षेत्रमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *