सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पीडितको पक्षमा छैनः लिङ्देन

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा फरक मत राख्ने बताएका छन्। शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले विधेयक एकपक्षीय र विद्रोही पक्षको लागि मात्रै भएको बताएका हुन्।

उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि बताए। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकसम्बन्धी फरक मत राख्ने छ। यो विधेयक एकपक्षीय छ। खासगरी विद्रोही पक्षको लागि मात्रै छ। द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आमपीडित जनताको पक्षमा सम्बोधन छैन। यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *