सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै ठगी प्रकरणमा थप उजुरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन् । उनीहरूले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

तीन वटा छुट्टाछुट्टै जाहेरी परेको हुँदा दरखास्त लगायतका कागजातहरू अनुसन्धानका लागि जिल्ला परिसर टेकु काठमाडौँ पठाइएकाे उनले बताए । उनका अनुसार लमजुङ, सुनसरी, सिन्धुपाल्चोक,गोरखा, ललितपुर, चितवन र काठमाडौँ लगायत अन्य जिल्लाका पीडितहरूले निवेदन दिएका छन् । सानु भण्डारी र केशव दुलालको नाममा थप उजुरी परेको हो ।

यो प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहितका मान्छे पक्राउ परिसकेका छन् । अहिले उनीहरू सबै जना पूर्पक्षका लागि कारागारमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *