प्रजातन्त्रका सेनानी जगतप्रकाशजंग शाहको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट जिल्लाले सहिद दिवसको अवसरमा प्रजातन्त्रका सेनानी जगतप्रकाशजंग शाहको १११ औं स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रजातन्त्रका सेनानी शाहले प्रजातन्त्रको लागि गरेको संघर्षका बारेमा स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरिएको थियो । सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले देश र जनताको पक्षमा लाग्दा ज्यान गुमाउन पुगेका जगतप्रकाशजंग शाहको योगदानलाई स्मरण गर्नु हाम्रो अफ्नो धर्म भएको उल्लेख गरे । कार्यक्रममा नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले पार्टीले प्रजातत्त्रका सेनानीको उपाधि दिए पनि राज्यले सहिद घोषणा नगरेकोमा चिन्ता व्यक्त गरे । राणाकालीन व्यवस्था हुँदै पञ्चायती व्यवस्थासँग लड्दै गर्दा शहादत भएका शाहलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग अगाडि सारे । उपसभापति राजु थापाले सहिदहरुको बलिदानीले प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत गर्न दलीय संयन्त्रको अग्रणी भूमिका रहन जाने बताए । सचिव तथा संगठन विभागका सचिव श्रीराम श्रेष्ठले सहिद जगतप्रकाशको पारिवारिक पृष्ठभूमिलाई प्रस्तुत गरेका थिए । तत्कालीन राजा महेन्द्रको शासनकालमा राज्यबाट हत्या भएको, पृथ्वी नारायण शाहका जेठाछोरा रणबहादुर शाहका तीन श्रीमती मध्ये जगतप्रकाशका जिजुमुमा नै रणबहादुरको वैधानिक श्रीमती भएको र गिर्वाण युद्धविक्रम शाहलाई राजा बनाइएपछि हजुरबुबालाई राजा बनाइएन भन्दै नियम अनुसार महेन्द्रको स्थानमा जगतप्रकाशजंग शाह नै राजा हुनुपर्ने कुराको चर्चा सचिव श्रेष्ले गरेका थिए । वडा सभापति छत्रराज डंगोलको सभापतित्वमा भएको कार्यक्रमा शिवप्रसाद गजुरेल, मानबहादुर डंगोल, गोविन्द लाल चित्रकार, बाबुराजा रिमाल, श्याम लाल श्रेष्ठ, सुशिला चित्रकार, बबी रिमाल, सरस्वती खतिवडा, चेतबहादुर श्रेष्ठ, हेमप्रसाद रिमाल लगायतले धारणा राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *