एक्टिभ सेभिङ्गको अध्यक्षमा घिमिरे

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. ले हालै अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बनस्थली काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट निवर्तमान अध्यक्ष भोलानाथ घिमिरेद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ८२ लाख ९ हजार ७ सय रुपैयाँ, जगेडा तथा अन्य कोषहरु १ करोड ८४ लाख ७ हजार ७ सय ९६ रुपैयाँ, बचत दायित्व २३ करोड ४३ लाख ९ हजार ३३ रुपैयाँ, भुक्तानी दिनुपर्ने ४४ लाख ४७ हजार ६५ रुपैयाँ, अन्य दायित्व व्यवस्थाहरु १ करोड ४४ लाख २१ हजार ७९ रुपैयाँको भएको छ भने जम्मा पूँजी तथा दायित्व २८ करोड ६४ लाख १४ हजार ६ सय ७३ रुपैयाँको भएको छ । साथै साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा सुरेश शर्मालाई निर्वाचित गरेको छ भने संस्थाको अन्य संचालक सदस्य तथा लेखा समिति संयोजक तथा सदस्यहरुलाई समेत निर्वाचित गरेको छ । साधारण सभा अन्य विविध कार्यक्रम गरि सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *