शुभ–कामना आदान–प्रदान, सम्मान तथा विविध संस्कृति कार्यक्रम सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सांस्कृतिक कला विकास समूह, नेपालद्वारा आयोजित शुभकामना आदान–प्रदान २०८० तथा झाँकी एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा समाजसेवी, कलाकार, पत्रकार लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई शुभकामना दिँदै सम्मान गरिएको थियो । सांस्कृतिक कला विकास समूह, नेपालकी रन्जु राईको सभापतित्व, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
समूहका अध्यक्ष दिलवहादुर कटुवालले नेपालमा कला संस्कृति संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको स्पष्ट पार्नु भयो । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, नृत्य निर्देशक तथा समूहका सल्लाहकार अच्यूत घिमिरे, नेपाल चलचित्र नृत्य निर्देशक जनकबहादुर कार्की, वरिष्ठ श्रृंगार विद्या श्रेष्ठ लगायतले नेपालमा कला संस्कृति संरक्षण गर्न यस किसिमका कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संगिनी नृत्य कलाकारहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको । साथै वाल कलाकारहरुलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *