ललितपुर क्षेत्र नं १ (ख) मा अशोक कुमार केसी को स्वतन्त्र उम्मेदवारी घोषणा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा मा प्रत्यक्ष तर्फ सत्ता गठबन्धन दलहरू भागबन्डामा अड्किएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले गठबन्धनले पनि आकांक्षीहरु धेरै भएकोले उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। यसपटक स्वतन्त्र उम्मेदवारी दिनेहरु पनि कोहि संगठित भएर त कोहि आफ्नै ढंगले तयारीमा लागेका छन्।

यस्तैमा ललितपुर जिल्ला क्षेत्र नं १ (ख) बाट बागमती प्रदेश सभा सदस्यको लागि अशोक कुमार केसी ले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। बिगत लामो समयदेखि राजनैतिक र सामाजिक काममा सक्रिय हुँदै आएका केसी राजनैतिक नेतृत्वले देखाएको ब्यवहार बाट जनता दिक्क भएका तथा एकपटक जनताले दलबिहिन ब्यक्तिहरु खोजेकाले आफुले यस क्षेत्र बाट स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो। राजनैतिक दलहरू गठबन्धन गरेर चुनाव मा जाँदै गरेको अवस्थामा चुनावी परिणाममा स्वतन्त्र ब्यक्तिको प्रभाव के कस्तो रहन्छ भन्ने कुरा निर्वाचन पछि देखिनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *