मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण: एमाले अध्यक्ष ओली

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्त्वपूर्ण रहने बताएका छन्। आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।

उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए।मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने उनकाे दाबी छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *