काठमाडौं । हालै एक कार्यक्रम विच मणिगणेश बचत तथा ऋण सहकारी संस्था लि. ले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राजेश राजकर्णिकारद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षक प्रतिवेदन, वासलात हिसाब, आयव्यय नगद प्रवाह विवरण सम्बन्ध, लाभांश स्वीकृत सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ४ करोड ९२ लाख ९६ हजार २ सय रुपैयाँ, जगेडा तथा कोषहरु ३ करोड १० लाख ६१ हजार ८ सय ८० रुपैयाँ ६६ पैसा, निक्षेप दायित्व ६६ करोड ८५ लाख १८ हजार १ सय ६१ रुपैयाँ ७७ पैसा, ऋण तथा सापटी १० करोड ४३ लाख १९ हजार ८ सय ८७ रुपैयाँ ४३ पैसा, अन्य दायित्व तथा व्यवस्था ३ करोड १४ लाख ७६ हजार २ सय ६० रुपैयाँ २० पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल दायित्व ८८ करोड ४६ लाख ७२ हजार ३ सय ६० रुपैयाँ ६ पैसाको भएको छ । साथै साधारण सभाले आगामी कार्यकालको लागि संस्थाको संचालक समितिको अध्यक्षमा पुनः राजेश राजकर्णिकारलाई निर्वाचित गरेको छ भने संचालक समितिको अन्य सदस्य तथा लेखा संयोजक तथा सदस्यहरु समेत निर्वाचित गरेको छ । साथै विविध कार्यक्रम गरि साधारण सभा सम्पन्न भएको थियो ।
Facebook Comments Box