चितवन । जोन ३० अन्तर्गतका क्लबहरु लायन्स क्लब चितवन लंकु, लायन्स क्लब नारायणी चौतारी र लायन्स क्लब चितवन राइजको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सोमबार भरतपुर २६ स्थित श्री रातापुर आधारभूत विद्यालयमा सम्पन्न भएको छ । जोन चेयरपर्सन एम जे एफ लायन हरि पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर पि एम जे एफ लायन राम प्रसाद भट्टले वृक्षारोपणले वातावरण संरक्षणमा मद्दत पुग्ने उल्लेख गर्दै रोपिएका विरुवाहरूको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक र लायन्स क्लब चितवन राइजका अध्यक्ष सुर्यमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री घनश्याम ढकाल (प्रेम) ले शुभकामना मन्तव्य राख्नुभयो । लायन्स क्लब चितवन लंकुका सचिव लायन हरिहर खरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।
कार्यक्रममा क्लस्टर ५ का क्लस्टर चिफ एम जे एफ लायन गोबिन्द अर्याल र रिजन १५ का रिजन चियर पर्सन एम जे एफ लायन आनन्द पौडेल, लायन तिलक रीमाल , कार्यक्रम संयोजक लायन भोजराज काफ्ले, कार्यक्रम संयोजक लायन महेश्वर झा, लायन रामहरि अधिकारी, लायन अर्जुन अर्याल, लायन विश्व पौडेल, विद्यालयका प्रधानाध्यापक देवेन्द्रशाली घिमिरे, सहायक प्रधानाध्यापक लोक प्रसाद चापागाईं, लगायत विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो ।