एस.एल.सी. व्याच २०४९ को मित्र मिलन कार्यक्रम सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गत वर्षहरु झैं यस वर्ष पनि श्री गौरी शंकर मा.वि. निजगढ बारा एस.एल.सी. व्याच २०४९ का विद्यार्थीहरुको मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । चित्लाङ मकवानपुरमा सम्पन्न सो मित्र मिलन कार्यक्रममा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा निजगढ न.पा. वडा नं. ९ बाट वडा अध्यक्षमा निर्वाचित सो व्याचका विद्यार्थी रामचन्द्र कटवाललाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै कटवालले सबै साथीहरुको सरसल्लाह सुझाब अनुसार जनताको काम गर्ने बताए भने जनताको काम गर्न सधै लागि पर्ने र त्यसको लागि साथीहरुसँग एक्वद्धताको साथ काम गर्ने समेत बताएका छन् । त्यसैगरी आगामी मित्र मिलन कार्यक्रम निजगढमै गर्नको लागि आफू खटिने समेत प्रतिवद्धता व्यक्त गरे ।

निजगढको एतिहासिकता, परम्परा, संस्कृति लगायतका विषयहरुलाई प्रपद्र्धन समद्र्धन गर्नमा आफु लागि पर्ने समेत जानकारी दिए । त्यसैगरी उपस्थित पूर्व विद्यार्थीले अध्यक्ष कटवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । यसै क्रममा मित्र मिलन कार्यक्रममा सहभागीहरुले चित्लाङ कुन्छाल स्थित पौराणिक गाउँ गोपाली गाउँलाई अभिरुची पूर्वक भ्रमण तथा अध्यन गरेका थिए भने बज्रवाराहीको दर्शन गर्दै मार्खु सम्मको यात्रा गरेका थिए । साथै उपस्थित सो व्याचका विद्यार्थीहरु विच लामो समय पछि भेटघाट हुँदा सबैजना हर्षित खुशी भएका थिए भने हाँसी मजाक गर्दै हार्दिकता पनि साटासाट गरेका थिए । साथै सबै पूर्व विद्यार्थी भेला हुने गरी उचित मिति, समय र स्थानमा आगामी मित्र मिलन कार्यक्रम गरिने उपस्थित सबैजनाले प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रम विजय दवाडीको संयोजकतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *