राप्रपा ललितपुरका पार्टी कार्यकर्ता प्रशिक्षण सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर कार्य समितीले पार्टी केन्द्रिय अध्यक्ष श्री राजेन्द्र लिंदेनको प्रमुख आतिथ्यमा ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षण ‘एक दिने’ संचालन सम्पन्न भयो। उक्त प्रशिक्षण कार्यक्रममा पार्टीक जिल्ला अध्यक्ष श्री अष्ट बहादुर महर्जनले प्रमुख अतिथि लगायत सम्पूर्ण शिक्षार्थीहरुलाई स्वागत गर्नु भएको थियो।

प्रशिक्षण को बन्दसत्र मा नेपालमा सनातन हिन्दु राष्ट्र, राजसंस्थाको अपरिहार्यता र संघियताको खारेजी र राजसंस्थाको अपरिहार्यता सम्बन्धमा केन्द्रिय सदश्य तथा प्रबाश बिभाग प्रमुख श्री आनन्द अधिकारीले प्रस्तुतीकरण गर्नु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका सचिब तथा अवकाश प्राप्त महासेनानी रघुबर राज थापा ले कार्यक्रमको संचालन तथा समन्वय गर्नु भएको र उहाँले नेपालमा भ्रस्टाचार, रोकथाम र राप्रपाले उठाएको आवाज र नेपाल यकिकरणमा शाह बंश को योगदान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। हिन्दु रास्ट्र को पुनर्स्थापना तथा धर्म माथि को प्रहार र त्यसको दुष्परिणाम बिषयमा केन्द्रिय सदश्य तथा हिन्दु जागरण अभियन्ता श्री अभिषेक जोशीको दमदार प्रस्तुतीकारण ले कार्यक्रम ज्यादै रोचक बनेको थियो भने केन्द्रिय सदस्य निरन्जन थापाले राप्रपाको मूल सिद्दान्त, बैचारिक दर्शन , भाबी कार्य योजना र सांगठानिक स्वरुप बारे मा रोचक प्रस्तुति गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सह(महामन्त्री तथा केन्द्रिय सदस्य प्रकाश रिमालले राजसंस्था को मुद्दा र राप्रपाको धारणा प्रस्तुत गर्नु भयो। कार्यक्रम को अन्तिम प्रस्तुति केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण बिभाग सदस्य श्रीमती खुश्बु ओली ले आगामी निर्बाचनमा पार्टीको सामरिक योजना बारे अत्यन्त प्रभावकारी प्रस्तुतीकरण प्रस्तुत गर्नु भयो। ललितपुर जिल्लाका पार्टी कार्यकर्ता प्रशिक्षणमा पार्टी केन्द्रिय अध्यक्ष श्री राजेन्द्र लिङ्ग्देनले राप्रपाको आगामी निर्बाचनमा कसरि अघि बढ्ने बारेमा निर्देशन दिनुभयो।

कार्यकर्ता प्रशिक्षण को लागि जिल्लाका प्रमुख नेता हरु लगायत २५० जना को सहभागिता थियो। पार्टीका केन्द्रिय सदस्य तथा भुतपुर्ब मन्त्रि श्री बिक्रम थापा, सनातन धर्म सेवाका अध्यक्ष तथा केन्द्रिय सदस्य श्री पुष्पराज पुरुष, केन्द्रिय सदस्य तथा संगठन बिभाग सदस्य श्री बिनोद खड्का तथा ललितपुरका बरिष्ठ राजनीतिज्ञ श्री रामहरी थापा ले बर्तमान सन्दर्भ र राप्रपाको धारणामा आफ्नो स्पष्ट बिचार राख्नु भयो। कार्यक्रममा कार्यकर्ताको स्वतस्फुर्त सहभागी भएका थिए। कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष सुश्री रोशना कार्कीले सहभागीहरुलार्इ प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *