ललितपुर ३ ख मा राप्रपाका नेता सविन खड्काको चर्चा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । मंसीर ४ गते हुन लागेको निर्वाचनमा उम्मेदवारी दर्ता गराएसँग युवा नेता सविन खड्काले आफ्नो चुनावी अभियानलाई सकृयता दिएका छन् । खड्काले ललितपुर जिल्लाको क्षेत्र नं ३ ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी राप्रपा ललितपुर क्षेत्र नं ३ को अध्यक्ष समेत हुन् । युवा समाजसेवीको रुपमा समेत जिल्लामा परिचित खड्का जिल्लामा राप्रपाका जुझारु एवं सक्रिय नेताका रुपमा चिनिन्छिन् ।

संघीयता र धर्म निरपेक्षताको खरो रुपमा विरोध गर्दै  संवैधानिक राजतन्त्र र हिन्दू राज्य स्थापनाको पक्षमा खड्का उभिंदै आएका छन् । आगामि निर्वाचनमा समेत उनले राजतन्त्र र हिन्दू धर्मको पक्षमा एजेण्डा बोकेर अघि बढेका छन् । प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थीरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा राप्रपा कृतसंकल्पित रहेकोमा निर्वाचनमा जनताको साथमा भ्रष्टाचारको अन्त्य गर्ने, देशमा सुशासन कायम गर्ने, सनातन हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुनस्स्थापना गर्ने लक्ष्य लिएर राप्रपाको तर्फबाट घरदैलोमा जुटिरहेको खड्काले बताए । गत स्थानीय निर्वाचनमा उल्लेख्य मत पाएर जनप्रिय बन्दै गएको राप्रपालाई आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मुलुककै वैकल्पिक शक्तिको रुपमा हेर्न थालिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *