रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति जतिजति नजिक आउदै छ । राजनीतिक दलका उम्मेद्धारहरु घरदैलोमा व्यस्त हुन थालेका छन् । यसै मेसोमा रामेछाप जिल्लामा उम्मेद्धारी दिएका नेकपा(माले)का उम्मेद्धारहरु घरदैलोमा ब्यस्त रहेका छन् । नेकपा (माले) वाट यस रामेछाप जिल्लामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पत्रकार मोहन कार्की, प्रदेश सभा (क)मा सुरेश बस्नेत, प्रदेश सभा (ख)मा ओमबाबु पुरी, समानुपातिक तर्फ उद्धवलाल श्रेष्ठले चुनावी माहोल आफ्नो पक्षमा पार्न सक्रिय रहेका छन् ।
यो भन्दा अगाडी २०७४ सालको निर्वाचनमा मोहन कार्कीले ३२८५ सानदार मत ल्याएका थिए । यस पटक रामेछापमा तिनैजना प्रत्यक्षका युवा उम्मेद्धार रहेकाले जनतामा उनिहरु प्रति आकर्षण देखिएको छ । सामानुपातिकका उम्मेद्धार उद्धवलाल श्रेष्ठको पहलमा राकाथुममा अस्पताल समेत बनाइएको हुनाले समाजसेवी उद्धवलालको सामाजिक कामवाट पनि रामेछापका जनताहरु आकर्षित देखिन्छन् ।