निशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दहचोक बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको कार्यक्रम संयोजक निको बस्नेतले जानकारी दिए । चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित श्रीकृष्ण माध्यामिक विद्यलयमा संचालन गरिएको उक्त स्थास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य शिविरमा जनरल मेडिसिन, नाक, कान, घाँटी, प्रसुती तथा स्त्रिरोग, हाड जोर्नी, आँखा, बाल रोग, छाला तथा यौन रोग, सामान्य शल्यकृया र भिडियो एक्सरे लगायतको सेवा उपलब्ध गराइएको थियो । शिविरमा स्थानीय नागरिक एवं श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुले समेत स्वास्थ्य परिक्षण गराएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *