लागूऔषधसहित तीन जना पक्राउ

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटे चेकपोष्टबाट लागूऔषधसहित तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैया बस्ने वर्ष ३५ की गिता देवी नुनियाईन, भारत बिहार राज्य रक्सौल नुनियाडी बस्ने वर्ष २६ की पुनम देबी र हेटौंडा ९ वस्ने वर्ष २७ को टेकबहादुर मगर रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग हुँदै वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ८६८८ नं को यात्रुवाहक माईक्रोबसमा गिता र पुनमलाई खानतलासी गर्दा लागूऔषध डाईजेपाम ३५ एम्पुल, फेनारगन ६६ एम्पुल, नुफिन ३४ एम्पुल गरी १३५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागूऔषधको बारेमा सोधपुछ गर्दा टेक वहादुरलाई दिन ल्याएको बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध सहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *