राष्ट्रिय करातेको चौथो दिन ४ स्वर्ण मध्ये २ नेपाल प्रहरीलाई

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशको कुश्मा,पर्वतमा जारी ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिताको ( कार्तिक-१ ) चौथो दिन ४ स्वर्णको टुङ्गो लाग्दा नेपाल प्रहरीले २ स्वर्ण जित्न सफल भएको छ । सविना श्रेष्ठ, र जिया कार्कीले प्रहरीलाई स्वर्ण दिलाएकी हुन । उक्त प्रतियोगितामा महिला -४५ किलो तौल समुहमा नेपाल प्रहरीकी सविनाले र -५० किलो तौल समुहमा जिया कार्कीले स्वर्ण पदक दिलाएकी हुन । उक्त ४५ किलो तौल समुहमा प्रदेश-१ की गायत्री बलम्पाकी मगरले रजत,प्रदेश-७ की बर्षा साउद र कर्णाली की एलिशा रासकोटी ले कास्य पदक हात पारिन ।

त्यसैगरि महिलाकी -५० किलो तौल समुहमा नेपाल प्रहरीकी जिया कार्कीले स्वर्ण, लुम्विनी बर्षा बुढा मगर ले रजत,प्रदेश-७ की गरिमा कुमारी मल्ल र शसस्त्र की एलिना बि.क. ले कास्य पदक जितिन ।त्यसैगरि पुरुष तर्फ -५० किलोमा प्रदेश-७ का आनन्द कार्कीले स्वर्ण जित्दा,बागमतीका अनिल उपरकोटी ले रजत,नेपाल प्रहरीका साजन मोकतान र गण्डकीका बुद्ध लामा ले कास्य पदक हात पार्न सफल भए । त्यसैगरि पुरुष तर्फकै -५५ तौल समुहमा शसस्त्र प्रहरीका बिजय श्रेष्ठ ले स्वर्ण दिलाए भने नेपाली सेनाका राकेश लामाले रजत,७ नं प्रदेशका प्रदिप बैजाली मगर र प्रदेश-१ का अनिष मण्डल ले कास्य पदकमा चित्त बुझाए । अहिले सम्म कुल १९ स्वर्ण मध्ये १७ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ भने बाकी २ स्वर्ण कार्तिक २ गते बुधवारसम्म टुङ्गो लाग्ने कुरा ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिताका प्रचार प्रसार प्रमुख एवम नेपाल सितोरियो कराते संघका प्रबक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनु भयो । प्रतियोगितामा ७ प्रदेश,३ बिभागिय टिम गरि कुल १९ स्वर्णका निम्ति प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिता आज कार्तिक २ गते बुधवार सम्म सन्चालन हुदै एक बिशेष कार्यक्रम बिच समापन हुदैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *