टाटा मुम्बई म्याराथनमा भेट्रन धावक महर्जनले जिते स्वर्ण पदक

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले भारतको मुम्बईमा सम्पन्न टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जितेका छन् । जनवरी २१ मा भएको म्याराथनमा उनले आफ्नो उमेर समुहमा प्रथम स्थान हासिल गरेका हुन् । उनले ५० वर्ष माथिको उमेर समुहमा प्रतिष्पर्धा गर्दै २ घन्टा,४७ मिनेट ७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । धर्मले विश्वका प्रसिद्ध रहेका बोस्टन, बर्लिन, लन्डन र टोकियो म्याराथनमा सहभागिता जनाइसकेका छन् । विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका उनले जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटरमा भने कांस्य पदक जितेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *