नेपालको लगातार दोस्रो जित

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । त्यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन्  ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *