अष्ट्रेलियामा स्थापित हुदै लक्ष्मी

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

करातेका पुर्व राष्ट्रिय खेलाडी एवम राष्ट्रिय निर्णायक लक्ष्मी भट्ट् पछिल्लो समय अष्ट्रेलियामा बसोवास गर्दै आईरहेकी छिन ।भट्टले स्वदेशमा रहदा दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक प्राप्त गरिसकेकी छिन भने करिव ३ दर्जन जति प्रतियोगितामा सफल निर्णायकको भुमिका निर्वाह गरिसकेकी छिन । स्वदेश रहदा उनि बिभागिय टोली शसस्त्र प्रहरी बल बाट प्रतियोगितामा सहभागी हुने गर्थिन । केही महिना अघि मात्र अष्ट्रेलिया प्रस्थान गरेकी भट्टले अष्ट्रेलियामा पनि कराते खेलको माध्यमवाट आफ्नो मातृभुमीलाई परिचित गराउदै आईरहेकी छिन । गत फेब्रुअरी २५ तारिखमा सिड्निमा आयोजित न्यु साउथ बेल्स अल स्टाइल कराते प्रतियोगितामा लक्ष्मीले निर्णायकको भुमिका निर्वाह गरेकी थिईन ।

उनको निर्णायक क्षमतावारे उक्त प्रतियोगितामा नेपालको तर्फवाट मुकुन्द महर्जनले ३५-४० बर्ष उमेर समुहमा स्वर्ण पदक प्राप्त गर्न सफल भए भने -७५ किलो तौल समुहमा प्रीन्स महर्जनले रजत पदक दिलाए । त्यसैगरि -७५ किलो तौल समुह भन्दा माथि दिवश श्रेष्ठले रजत, सुजन श्रेस्ठ र मनिस थापाले राष्ट्रका निम्ति कास्य पदक दिलाएका थिए । स्वदेश बाहिर रहेपनि कराते खेलको माधयमवाट अष्ट्रेलियामा आफ्नो मुलुकको नाम परिचित गराउदै आएका खेलाडी तथा निर्णायकहरु कराते खेलमै स्थापित हुन दिनानुदिन लागि परिरहेका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *