एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी युएईसँग खेल्ने भएको छ । बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ए मा अपराजित रहँदै समूह विजेता बनेको छ ।

 

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह बी मा समूह विजेता बनेको छ । ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह बी को उपविजेता बनेको छ । अब सेमिफाइनलका खेलहरू शुक्रबार हुने छन् ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *