महान फुटबल खेलाडी पेलेको, ८२ वर्षको उमेरमा निधन

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी: महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए ।

ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेलेको किड्नी तथा मुटुमा समस्या रहेको थियो । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

गत महिना नियमित चेकअप गर्न पेले अस्पताल पुगेका थिए  । त्यहाँ नै उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रँदै गएको थियो  । पेलेको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले उनलाई आइसियूमा राखी उपचार गरेको थियो  । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो  ।

कतारमा विश्वकप सुरु हुनु दुई साताअघि पेलेले ब्राजिलियन टोलीलाई शुभकामना दिएका थिए  । ब्राजिलियन खेलाडीलाई छैटौँपटक विश्व च्याम्पियन बन्न सन्देश दिँदासम्म पनि पेलेको स्वास्थ्यमा केही खराबी आएको थिएन  ।

सन् १९५८, १९६२ र १९७० मा पेलेले ब्राजिललाई विश्वकप उपाधि दिलाएका थिए  । उनले ब्राजिलियन टोलीबाट ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन्  ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *